भरतपुर । किरात याक्थुङ चुम्लुङको राष्ट्रिय भेला (बैठक) चितवनमा हुने भएको छ । चुम्लुङको जिल्ला समिति चितवनको व्यवस्थापनमा यही फागुन ७ र ८ गते भरतपुरमा राष्ट्रिय भेला हुन लागेको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । भेलामा प्रदेश १ को लिम्बूवान प्रदेश कार्यसमिति, बागमती प्रदेशको नेवा–ताम्सालिङ कार्यसमिति, ६ वटा विषयगत संगठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधिलगायत देशभरका २२८ प्रतिनिधि सहभागी हुने संघीय उपाध्यक्ष कमल लिम्बूले जानकारी दिए । २०६८ को जनगणनाअनुसार नेपालमा लिम्बूको जनसंख्या तीन लाख ८७ हजार ३०० छ । त्यसमध्ये चितवनमा मात्रै करिब एक हजारको हाराहारीमा लिम्बूको जनसंख्या रहेको चितवन जिल्ला अध्यक्ष जनक लिम्बूले जानकारी दिए । लिम्बू जातिको बसोबास पूर्वी नेपाल भए पनि पछिल्लो समय चितवन र राजधानीको तीन जिल्लासहित १३ जिल्लामा छरिएको चुम्लुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् ।
लिम्बूको राष्ट्रिय भेला चितवनमा हुने
लिम्बूको राष्ट्रिय भेला चितवनमा हुने
तपाईको प्रतिक्रिया