×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कोटिहोम महायज्ञ फागुन १५ सम्म लम्बियो, ६० लाखबढी दान संकलन


  •   शुक्रबार, फागुन ०५, २०७९
  • चितवन । माघ १२ गतेदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ फागुन १५ गतेसम्म लम्बिएको छ । यसअघि फागुन १२ गते महायज्ञ सम्पन्न गर्ने भनिएकामा निर्धारित समयमा तर्पण र मार्जनका कर्महरु बाँकी रहने देखिएपछि तीन दिन थप गरिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
    फागुन १५ गते अन्तिम दिन एक करोड ४९ लाख ८५ हजार दिप प्रज्वलन गरिने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए । दिप प्रज्वलनका लागि फागुन १० गतेसम्म आ–आफ्नो आमा समूह, संघसस्था तथा व्यक्तिले नाम दर्ता गर्न उनले आग्रह गरे । महायज्ञको अन्तिम दिन फागुन १५ गते दिउँसो १२ बजेबाट दिप प्रज्वलन सुरु गरिने छ ।
    उनका अनुसार शुक्रबारसम्म एक करोड दुई लाख पटक हवन गरिसकिएको छ । त्यस्तै, महायज्ञमा हालसम्म ६० लाख ३८ हजार ४८९ रुपैयाँ दान प्राप्त भएको छ । महायज्ञमा हालसम्म चरु खरिद गर्नुपरेको छैन । भक्तजनहरुले स्वस्फुर्त रुपमा चरु संकलन गरेर ल्याइरहेको उनले बताए ।
    श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्मा शुक्रबारसम्म २२४ जना सनातनीहरु नयाँ आजिवन सदस्य बनेका उनले जानकारी दिए । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु गरिएको हो । १००८ स्वामी ज्ञानानन्द सरस्वतीले शुक्रबार महायज्ञको अवलोकन पनि गरेका थिए । महायज्ञमा परशुराम पाण्डेय प्रमुख वाचक रहेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.