चितवन । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य निर्धारण गरेको छ । विशेष किसान भेलाले निर्णय गरेर नयाँ मूलय कायम गरेको हो ।
फागुन ३ गतेको भेलाले नयाँ मूल्य कायम गरेको र सोही अनुसार कार्यान्वयन गराउन संघका महासचिव प्रविन केसीले आग्रह गरेका छन् ।
फागुन ४ गतेदेखि लागू हुनेगरी ठूलो अण्डाको प्रति क्रेट विक्रि मूल्य रु ३ सय ५ र मध्यम अण्डाको प्रति क्रेट विक्रि मूल्य रु. २८५ रुपैया कायम गरिएको महासचिव केसीले जानकारी दिए ।
साथै उपभोक्ता मूल्य प्रति अण्डा रु. १३ कायम गरिएको संघले जानकारी दिएको छ ।
Advertisement




