×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गोंगबुँ घटना : हालसम्म ६ जना पक्राउ


  •   बिहिबार, फागुन ०४, २०७९
  • काठमाडौं । प्रहरीले आइतबार काठमाडौंको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    Advertisement

    काठमाडौं प्रहरीले उदयपुर बलमता गापा २ घर भई काठमाडौं ताराकेश्वर १० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा ३ घर भई काठमाडौं टोखा नगरपालिका ३ बानियाँटार बस्दै आएका रामहरि भण्डारी, लमजुङ बेसीसहर ५ घर भई काठमाडौं ताराकेश्वर(१० बस्दै आएका विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।

    यसैगरी जिल्ला काभ्रेपलाञ्चोकक मानेडाडाँ घर भई काठमाडौँ महानगरपालिका १६ बस्दै आएका राजेश तामाङ, प्युठान कडी गापा(१ घर भई गोंगबुँ बस्दै आएका दीपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु २ घर भई काठमाडौँको गंगाहल बस्दै आएका आशिष खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

    गत आइतबार माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका व्यवसायीहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न दसबुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा आन्दोलनकारीले बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गरेका थिए।

    यस्तै गाडीभित्र रहेको मोटोरेला बेस सेट, फायर स्ट्रिंगुजर, मेगा फोनलगायतका सामान पनि नष्ट भएका थियो । साथै माज्दा गाडीभित्र रहेको हाइटेरा बस सेट, फायर स्ट्रिंगइजर, मेगा फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ती व्यक्तिलाई सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा बमोजिम पक्राउ गरिएको हो।

    नियन्त्रणमा लिइएका व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट दिन तीन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.