×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दूधको मूल्य बढाउन चितवनका किसानहरुको माग, बुझाए प्रजिअलाई ध्यानाकर्षण पत्र


  •   शनिबार, माघ २८, २०७९
  • चितनव । चितवनका दुग्ध उत्पादक कृषकहरुले मूल्य बढाउन माग गरेका छन् । अहिले लागत अनुसार मूल्य नपाएको भन्दै उनीहरुले सरकारी निकायको ध्यानाकर्षण गराएका छन् ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएर सो माग राखेका छन् ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालयमै गएर किसानहरुले उक्त ध्यानाकर्ष पत्र बुझाएका हुन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै तत्काल लागतको आधारमा दूधको मूल्य बृद्धि गर्नुपर्ने माग संघले राखेको छ ।

    चितवनमा दैनिक तीन लाख पचास हजार लिटर दूध उत्पादन हुने र उत्पादनको ४५ प्रतिशत जिल्लामै खपत हुने तथा बाँकी ५५ प्रतिशत काठमार्डौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ ।
    लागतअनुसार दूधको मूल्य बृद्धि नहुँदा व्यवसायमा लागेका किसानहरु वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था सिर्जना हुनसक्ने र यस्तो अवस्था आएमा अर्थतन्त्र थप नकरात्मकतातिर गई आयातीत दूधको उपभोग गर्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने भन्दै ज्ञापनपत्रमा सजग बनाइएको छ । संघले चितवन जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने ऐतिहासिक कार्य गरेको र पशुपालन तथा दुग्धजन्य व्यवसायबाट कसैले पनि पलायन हुन नपरोस् भनेर लागतअनुसार मूल्य बृद्धि हुनुपर्ने माग गरेको बताइएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.