चितवन । अनलाइन संचारमाध्यम दर्ता गर्ने म्याद अव सात दिनमात्रै बाँकी छ । नेपाल प्रेस काउन्सिलका अनुसार अन्तिम पटक थपिएको म्याद यही माघ अन्तिममा सकिदै छ ।
माघ ४ गते सूचना जारी गरेर प्रेस काउन्सिलले अनलाइन सूचीकरण अद्यावधिकको म्याद थप गरेको थियो ।
हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युज पोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्ने भन्ने व्यवस्था वमोजिम पुस मासन्तसम्मको समयावधि तोकेर मंसिर १८ गते सूचना जारी भएको थियो ।
अहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्ने तथा आन्तरिक राजश्व कार्यालयमा कर चुक्ता लिने समय पुस मसान्तसम्म भएको र सोही आधारमा सूचना तथा प्रसारण विभागमा अद्यावधिक हुने भएकाले म्याद थप गर्न आएका अनुरोधका आधारमा माघ मसान्तसम्म म्याद थप गरिएको थियो ।
म्याद भित्र आफ्ना अनलाइन दर्ता गराउन काउन्सिललले अनुरोध गरेको छ ।