×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

साैराहामा फुड फेस्टिबल हुने


  •   शुक्रबार, माघ २०, २०७९
  • रत्ननगर । चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘प्रणय दिवस’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागिएको हो । शुक्रवार सौराहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक ध्रुव गिरीले सौराहालाई विश्व पर्यटन बजारमा थप परिचित बनाउन ‘प्रणय दिवस’ को अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म सडकमा फुड फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिए ।

    Advertisement

    हरेक दिन हुने सडक फुड फेस्टिबलमा विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने उनले बताए । ३ दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानिय, स्वदेशी तथा विदेशी खाना, स्थानिय कला संस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, उज्यालो सौराहालाई निरन्तरता, शैक्षिक विपन्न कोष मार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग, वातावरण प्रदुषणमा सहयोग पुग्ने गरी प्लाष्टिक जन्य पदार्थहरुको न्युनिकरण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।

    चितवनमा रहेका विभिन्न जातजाती, आमा समुह, भजन समुह लगाएत संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, सौराहा ड्याक सम्म हरेक दिन बेलुकी विभिन्न जातजातीहरुको कला तथा संस्कृति सहितको प्रदर्शन गरिने गिरीले बताए ।

    फेस्टसबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यहाँका व्यवसायीले विश्वास लिएका छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिबलमा फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । यही माघ २९ देखि फागुन १ गते साँझ ५ बजे देखि राति १० बजे सम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजे देखि राति ११ बजे सम्म कार्यक्रम हुनेछ ।

    नेपालमा आउने कुल पर्यटकमध्ये २२ प्रतिशत सौराहा आउने गरेका छन् । सौराहामा पर्यटकहरु जंगल सफारी, हात्ती सफारी, जीप सफारी, ढुङ्गा सयर गर्नको लागि आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.