×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

१००८ स्वामी ज्ञानानन्द सरस्वतीद्धारा कोटिहोम महायज्ञको अवलोकन


  •   शुक्रबार, माघ २०, २०७९
  • चितवन । सन्त समाजका केन्द्रिय अध्यक्ष एवम् हरिहर सन्यास आश्रमका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको अवलोकन गरेका छन् । महायज्ञको प्रमुख संरक्षकसमेत रहेका १००८ स्वामी ज्ञानानन्द सरस्वतीले महायज्ञको हवन कुण्डलगायतको अवलोकन गरी आर्शिवाद दिएका छन् ।

    Advertisement

    प्रमुख संरक्षकले छिट्टै महायज्ञमा कथावाचन गर्ने कार्यक्रम समेत रहेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए । प्रमुख संरक्षक १००८ स्वामी ज्ञानानन्द सरस्वती ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीका उत्तराधिकारी पनि हुन् ।

    बिहीबार अन्य अतिथिहरुले समेत महायज्ञको अवलोकन गरेको महायज्ञ संयोजक भारद्धाले जानकारी दिए । कोटिहोम महायज्ञ सफल पार्नका लागि कथावाचक ईश्वरकृष्णजी महाराजले बिहीबार यज्ञको महत्व, दान, पुण्यलगायतका विषयमा कथाप्रवचन गरे । चितवनका आध्यात्मिक पुरुष अखण्ड हरिकिर्तनबाबा उमानाथ कण्डेल, कालिका पिद्यापिठका प्राचार्य डा रामचन्द्र कण्डेललगायतले पनि यज्ञको अवलोकन गरेका छन् ।

    महायज्ञमा अहिलेसम्म चरु खरिद गर्नुपरेको छैन । चरु संकलनका लागि गाउँ–गाउँमा विभिन्न समूहलाई परिचालन गरिएको छ । सवा करोड दिप प्रज्वलनका लागि आफ्नो समूहको नाम टिपाउन आमा समूहहरुलाई भारद्धाजले आग्रह गरे । महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने छ । त्यसका लागि महायज्ञ स्थलमा रहेको सचिवालयमा सम्पर्क गर्न सकिने उनले जानकारी दिए ।

    माघ १२ गतेदेखि सुरु भएको महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ । महायज्ञमा ब्रतबन्ध र ग्रहशान्ति गर्न पाँच हजार ५००, चौरासी गर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.