नवलपुर । छाडा छोडिएको पशुचौपायले खेती नष्ट गरेपछि नवलपुरको देवचुलीका किसानहरु समस्यामा परेका छन् । विशेषगरी गाइका बाछाबाछीहरुले खेती नष्ट गरेपछि देवचुली १५ का किसानहरुले वडाअध्यक्षलाई पत्र नै बुझाएर यसलाई नियन्त्रणमा लिइदिन आग्रह गरेका छन् ।
किसानहरुले नै दुध दिँदासम्म पाल्ने अन्यथा यत्रतत्र छाड्ने गर्दा बाछाबाछीले खेती नष्ट गरेको भन्दै किसानहरु सो नियन्त्रण गर्न माग गरेका हुन् ।
सो वडाका पशुपति शिवालय बस्ने कृषकहरुको तरकारी, केराउ लगायतका नष्ट गरेपछि वडाअध्यक्षलाई पत्र लेखेर चौपायलाई नियन्त्रणमा लिन आग्रह गरेका हुन् ।
Advertisement




