×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दूधको मूल्य बढाउन चितवनका किसानहरुको माग


  •   आइतबार, माघ १५, २०७९
  • चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको भन्दै उनीहरुले आज पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन माग गरेका हुन् । कार्यक्रममा सहकारी संघका अध्यक्ष किशोर वाग्लेले चितवनलाई नेपाल सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान रहेका छन् । ३८ हजार ६११ दूधालु गाईभैँसी रहेका छन् ।

    Advertisement

    जसबाट तीन लाख ५० हजार लिटर दूध दैनिक उत्पादन हुँदै आएको उहाँको भनाइ छ । त्यस्तै जिल्लामा उत्पादन भएका ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की लगायतका जिल्लामा सप्लाई हुँदै आएको बताउँदै हाल ढुटो, मकै, पिना, दाना, चोक्कर जस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको कारण दूधको मूल्य बढाउन माग गरेका हुन् ।

    यसरी उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रति लिटर दूधमा ८ देखि १० रुपँया घाटा बेर्होनु परेकोले सरकारलाई दूधको मूल्य बढाएर न्यूनतम ७० बनाइदिन माग गरेको उहाँको भनाई छ। त्यस्तै उहाँका अनुसार संघले दूधको मूल्य बढाउन सँगसँगै कच्चा पदार्थको मूल्य बृद्धिलाई तुरुन्तै घटाउन तथा बैँक तथा बित्तीय संस्थाहरुलाई ऋण असुलीमा धरपकड नगर्न माग गरेको छ ।

    कार्यक्रममा अध्यक्ष वाग्लेले सरकार सँगसँगै चितवनका किसानलाई पनि घाँसको प्रयोग धेरै गर्दै चोक्करलाई कम प्रयोग गरेर चितवनबाटै चोकर बिस्थापित गर्न समेत माग गर्नुभएको हो। संघका उपाध्यक्ष केशव पोख्रेलले चितवन जिल्ला दूध उत्पादनको मुख्य केन्द्र भएको बताउँदै पछिल्लो समय लागत मूल्य बढ्दा तथा राज्यले ठोस कदम नल्याउँदा किसान मर्कामा परेको बताउनुभयो ।

    सरकारले लागत मूल्यलाई हेरेर किसानको हितमा काम नगरिदिँदा विदेश पलायन हुन बाध्य भएको समेत उहाँको भनाई छ। त्यस्तै संघका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले नेपाल सरकारले विसं २०७८ साल माघ १६ गते दूधको मूल्य बढाएदेखि हालसम्म नबढाएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल बजारमा चोक्करको मूल्य एक हजार ५०० बाट २२ सय पुगेको छ ।

    सरकारले उपभोग्य वस्तुको मूल्य निधारण नगर्दा कालो बजारी बढ्दै गएको बताउँदै किसानलाई आर्थिक भार धेरै रहेको उहाँको भनाई छ । अहिले बजारमा किसानले प्रति लिटर दूधको मूल्य जम्मा ५६.४ पैसा मात्रै पाएको उहाँको भनाई छ । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब पोख्रेलले परिचयपत्रदेखि किसानका हरेक समस्या समाधान गर्ने धारण समेत व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.