×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

६ महिनामा नवलपुरको विकास बजेट खर्च : संघको ६ र प्रदेशको १८ प्रतिशत


  •   आइतबार, माघ १५, २०७९
  • नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरको विकास खर्च चालु आर्थिक वर्षको ६ महिनासम्म संघभन्दा प्रदेशतर्फको राम्रो देखिएको छ । संघको जम्मा ६ प्रतिशत र प्रदेशको जम्मा १८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरले जानकारी दिएको छ ।
    कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख कोष नियन्त्रक राम बहादुर केसीका अनुसार संघ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि प्राप्त कुल बजेटको सो रकम पुँजीगत तर्फ खर्च भएको हो । त्यस्तै चालु खर्च तर्फ भने संघ सरकारबाट प्राप्त बजेटको ५१ प्रतिशत र प्रदेशबाट प्राप्त बजेटको २३ प्रतिशत खर्च भएको हो ।

    Advertisement

    केसीका अनुसार संघ सरकारले नवलपुर जिल्लाका लागि चालु आर्थिक वर्षमा चालु तर्फ ६ अर्व ९ करोड १६ लाख विनियोजन गरेको थियो भने पुँजीगत तर्फ ४ अर्व ७५ करोड ६४ लाख बजेट विनियोजन गरेको थियो ।

    यसरी जिल्लालाई संघबाट प्राप्त कुल बजेट (चालु र पुँजी) १० अर्व ८४ करोड ८० लाख बजेटको ३१ प्रतिशत खर्च भएको केसीले जानकारी दिनुभयो ।
    संघ सरकारबाट प्राप्त पुँजीगत बजेट खर्च गर्ने मुख्य कार्यालयहरुमा वौदीकालि गाउँपालिकाले ९४ प्रतिशत, नारायणगढ वुटवलल सडक योजना पूर्वी खण्डले ५ प्रतिशत, २ नम्वर वन तथा पर्यावरण सुरक्षा गणले २ र गैँडाकोट नगरपालिकाले २ प्रतिशत मात्रै खर्च गरेका छन् ।
    सरकारले चालु आर्थिक वर्षका लागि नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डलाई ४ अर्व ५९ करोड ९६ लाख विनियोजन गरेकोमा अर्धवार्षिकसम्म आउँदा ५ प्रतिशत मात्रै अर्थात २१ करोड ७० लाख खर्च गरेको हो ।
    वैदिकालि गाउँपालिकाले ४ करोड १२ लाख पाएकोमा हालसम्म ३ करोड ८९ लाख खर्च गरेको छ । २ नम्वर वल तथा पर्यावरण सुरक्षा गणले ४ करोड ५१ लाख पाएकोमा ७८ लाख, गैँडाकोट नगरपालिकाले २ करोड ४ लाख पाएकोमा ४४ लाख मात्रै खर्च गरेको हो ।
    त्यस्तै गण्डकी प्रदेश सरकारले नवलपुर जिल्लालाई चालु आर्थिक वर्षका लागि २ अर्व २४ करोड १७ लाख बजेट दिएकोमा ४४ करोड ४८ लाख बजेट खर्च गरेको हो ।
    जसमा चालुतर्फ ७० करोड २८ लाख विनियोजन भएकोमा १६ करोड ४५ लाख बजेट खर्च गरेको छ भने पुँजीगततर्फ १ अर्व ५३ करोड ८९ लाख बजेट विनियोजन भएकोमा अर्धवार्षिकसम्म २८ करोड ३ लाख मात्रै बजेट खर्च भएको छ ।

    प्रदेश सरकारबाट प्राप्त बजेट खर्च गर्ने कार्यालयहरुमा पूर्वाधार विकास कार्यालय रहेको छ जसले वार्षिक विनियोजन बजेट १ अर्व ११ करोड ३० लाख मध्य अर्धवार्षिकसम्म २६ करोड ३३ लाख अर्थात २४ प्रतिशत खर्च गरेको छ ।

    त्यस्तै जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले २४ करोड १५ लाख बजेट पाएकोमा हालसम्म १ करोड १९ लाख बजेट खर्च गरेको छ । जुन ५ प्रतिशत मात्रै हो । त्यस्तै डिभिजन वन कार्यालयले २ करोड ६६ लाख बजेट पाएकोमा १४ लाख अर्थात ५ प्रतिशत र सामाजिक विकास कार्यालयले १२ करोड ५२ लाख बजेट पाएकोमा १२ लाख अर्थात १ प्रतिशत मात्र्र खर्च गरेको प्रमुख कोष नियन्त्रक राम बहादुर केसीले जानकारी दिनुभयो ।

    नवलपुर जिल्लामा संघीय मातहतका २२ वटा, प्रदेश मातहतका ११, स्थानी तहहरु ८ गरी जम्मा ४१ वटा कार्यालयहरुले यो बजेट खर्च गर्ने हुन् । पुँजीगत बजेट भनेको विकासका लागि विनियोजन गरिएको बजेट हो । यो जति धेरै प्रतिशत खर्च भयो त्यति राम्रो मानिन्छ ।

    त्यस्तै कान्छो जिल्ला भएपनि नवलपुरले सरकारको राजश्व आम्दानीमा राम्रो योगदान गरेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा १२ अर्व ७३ करोड राजश्व संघीय सरकारको खातामा मात्रै योगदान पुर्याएको छ । जसमा आन्तरिक राजश्व कार्यालयले १२ अर्व ५५ करोड, जिल्ला प्रशासन कार्यालयले ५ करोड, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ९५ लाख र नवलपुर जिल्ला अदालतले ५९ लाख राजश्व संकलन गरी केन्द्र सरकारको खातामा जम्मा गर्न सफल भएका हुन् ।


    त्यस्तै नवलपुर जिल्लाले प्रदेश सरकारलाई २४ करोड २५ लाख बजेट योगदान गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्व कावासोतीका अनुसार राजश्व आर्जन गर्ने मुख्य कार्यालयहरुमा यातायात व्यवस्था कार्यालयले १५ करोड २० लाख, डिभिजन वन कार्यालयले ४ करोड १७ लाख, मालपोत कार्यालयले ४ करोड ९ लाख र घरेलु तथा साना उद्योग कार्यालयले ४० लाख राजश्वको योगदान पुर्याएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.