×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उदयपुर सामुदायिक वनको पार्क व्यवस्थित गराइदै, वर्षेनी योजना सहित १० करोड बजेटको डिपिआर लागू गरिने


  •   आइतबार, माघ १५, २०७९
  • चितवन । चितवनको कालिका नगरपालिका ७ मा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समूहले पर्यटक भित्राउन वनभित्रको पार्कलाई व्यवस्थित गराउने भएको छ ।
    अहिले भइरहेको संरचनालाई व्यवस्थित् गर्दै पर्यटक लोभ्याउने नयाँ आयामहरु थप्ने अध्यक्ष शंकर लामाले बताउनुभयो। अध्यक्ष लामाका अनुसार आफूहरु नयाँ समितिमा निर्वाचित भएसँगै सामुदायिक वनको आम्दानी बढाउँदै अहिलेको पार्कवारे देशभर प्रचारप्रसार गराउने योजना रहेको हो ।

    Advertisement

    सामुदायिक वनभित्र १५ विघा जति क्षेत्रफलमा रहेको जमिनमा केशव लामा अध्यक्ष हुँदादेखि पिकनिक स्पोटको रुपमा अगाडि बढाइएको अध्यक्ष लामाको भनाई छ । अहिले सोही ठाउँमा भएको पिकनिक स्पोटलाई थप व्यवस्थित गराउँदै वाल उद्यान, नेपाली परम्परागत पिङ, गार्डेन लगायत निर्माण गर्दै थप व्यवस्थित गराउने योजना रहेको लामाले बताउनुभयो ।

    सामुदायिक वनको आम्दानी,प्रदेश र केन्द्र सरकारबाट बजेट परेर हालसम्मका संरचना निर्माण भएको हो । अहिले सामुदायिक वन आफै ऋणमा रहेपनि बनिसकेको डिपिआर अनुसार थप योजना अगाडि बढाउने लामाको भनाई छ । डिपिआर नगरपालिकाले बनाइदिएको हो ।
    अव सोही डिपिआर अनुसार काम गर्न नगरपालिका, प्रदेश र केन्द्रसरकारसँग बजेट माग गर्ने उहाँको भनाई छ । पार्कलाई थप रमणीय बनाउँदै वार्षिक कार्ययोजना बनाई काम गर्ने तयारी भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

    पार्क भित्र एकातर्फ पिकनिक स्पोट, अर्कोतर्फ स्वीमिङ पुल, बालवालिका खेल्ने मेट्रो रेल,नेपाली परम्परागत पिङहरु काठको रटेँपिङ, झाँते पिङ लगायत निर्माण गर्नेगरी बजेट माग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

    साथै सोही पार्कमा सानो चिडियाखाना समेत बनाउने गरी पहल भइरहेको उहाँको भनाई छ । यसले गर्दा आन्तरिक पर्यटकको संख्या बढाउन मद्दत मिल्ने र त्यसको आम्दानीले समुदायमा रहेको गरिवी निवारणमा मद्दत तथा वन जोगाउन थप उर्जा मिल्ने समितिले विश्वास लिएको छ ।
    जिल्ला वन सँग अनुमति लिएर चिडियाखानमा अजिङ्गर, मृग लगायतका वन्यजन्तु तथा चराचुरुङ्गीहरु राख्ने योजना रहेको उहाँको भनाई छ ।
    पर्याप्त सम्भावना भएपनि यसको प्रचारप्रसार हुन नसकेको बताउँदै अध्यक्ष लामाले आफू अध्यक्षमा निर्वाचित भएको १० दिनमै भिडियो बनाएर व्यक्तिगत रुपमा प्रचारप्रसार थालेको बताउनुभयो ।
    अव भने वनको आफ्नै वेवसाइट बनाउने योजना रहेको र त्यसबाट थप प्रचारप्रसार गर्ने योजनामा रहेको बताउनुभयो । पदमपुरको भाइरल घरबाट करिव १ किलोमिटर भित्र रहेको र झरनासमेत नजिक पर्ने भएकाले यसको सम्भावना देखेरै आफूहरु यसको विकास गर्न लागेको बताउनुभयो ।

    सो पार्कको विकास गर्न नगरपालिकाले बनाएको डिपिआर अनुसार १० करोड बजेट आवश्यक पर्दछ । पर्याप्त बजेट नहुँदा अहिले भएका संरचनाको मर्मत सम्भार तथा सरसफाइमा केन्द्रीत हुनुपरेको बताउँदै अध्यक्ष लामाले सामुदायिक वनको विकासका लागि सवैले सहयोग गरिदिन आह्वान गर्नुभयो ।


    अहिले पार्कमा प्रवेश गर्न पिकनिक स्टलको १ हजार रुपैया, प्रवेश शुल्क २० र चिल्ड्रेन पार्क प्रवेश ५० रुपैयाँ कायम गरिएको छ । विद्यार्थी तथा वालवालिकालाइ निःशुल्क प्रवेश र पार्कीङ निःशुल्क गरिएको अध्यक्ष लामाको भनाई छ । साना देखि ठूला गाडिहरु सजिलै पार्किङ गर्न सकिने अध्यक्ष लामाको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.