×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एक महिना सम्म चल्ने महायज्ञको तयारी पुरा, उद्घाटन भोलि


  •   बुधबार, माघ ११, २०७९
  • चितवन । नारायणी नदी किनारमा भोलि (बिहीबार)देखि हुने साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । महायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो ।
    बसन्त पञ्चमीको अवसर पारेर महायज्ञको उद्घाटन गर्न लागिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले जानकारी दिनुभयो । महायज्ञको उद्घाटनअघि बजार क्षेत्र परिक्रमा गर्नेगरी कलश यात्रा निकालिने छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारी बारे जानकारी गराएको हो ।
    महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । ‘हामीले दातालाई यति दान गर्नुस् भन्दैनौँ । स्वेच्छाले दान गर्न सक्नुहुन्छ । धेरै दान गर्नेलाई ठूलो सम्मान र थोरै गर्नेलाई सानो सम्मान भन्ने हुँदैन । दातालाई वर्गिकरण गर्दैनौँ’। महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने छ।
    महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञमा दैनिक छ क्विन्टल भन्दा बढी चरु खपत हुने प्रमुख वाचक पाण्डेयले बताउनुभयो । जौ, तिल, चामल, घ्यु लगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवन हुन लागेको हो ।
    महायज्ञमा कर्ता बस्नलाई कुनै जातीय विभेद नगरिने उहाँको भनाई छ । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उहाँको भनाइ छ ।
    महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १ महिनासम्म हवन, तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवम् राजनैतिक व्यक्ति सहभागी हुने छन् ।
    सनातन संस्कृति–गोवंश संरक्षणबारे चिन्तन, मन्थनसहित प्रवचन, सवा करोड ५ सरे दीपप्रज्वलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कवि÷कलाकारहरूद्वारा कवितावाचन, भजन, सांस्कृतिक झाँकी, वरिष्ठ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, योग, ध्यान एवम् बालसंस्कार कार्यक्रम, १०८ शालग्राम तथा शिवलिङ्गको सेवा–पूजा, दर्शन सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति लगायत कार्यक्रम गरिने भएको छ ।
    विपन्न तथा अशक्तहरूका लागि निःशुल्क सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति कार्यक्रम गरिदिने आयोजकले स्पष्ट पारेको छ । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको हो । नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज महायज्ञको प्रमुख संरक्षक रहेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी
    तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.