×
शनिबार, कार्तिक ०८, २०८३
☰
शनिबार, कार्तिक ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन मन्त्री पाण्डेबाट गराइने


  •   बुधबार, माघ ११, २०७९
  • चितवन । नारायणी नदी किनारमा हुन लागेको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले गर्नुहुने भएको छ ।
    महायज्ञ नारायणी नदी किनारमा यही माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म चल्नेछ ।
    प्रचारप्रसार गर्न मंगलबार मोटरसाइकल ¥याली गरिएको थियो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको सन्देश सहित सहभागीता बढाउन मोटरसाइकल ¥याली गरिएको आयोजकले जनाएको छ । र्याली गर्दै नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो ।
    ¥याली संयोजक एवम् दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरीका अनुसार ¥यालीमा करिब सय वटा मोटरसाइकल सहभागी थिए भने एउटा जीपमा माइकिङ गरिएको थियो ।
    महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलका अनुसार महायज्ञ उद्घाटनपूर्व सो दिनको साढे ११ बजे कलश यात्रा निकालिने छ । महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञस्थल नारायणी नदी किनारमा हवन मण्डप र कुण्ड बनाउने काम अन्तिम चरणमा पुगेको छ । महायज्ञमा एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने महायज्ञका प्रमुख वाचक पाण्डेयले जानकारी दिनुभयो ।
    योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञानमहायज्ञ हुन लागेको हो । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए ।
    नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.