चितवन । नारायणी नदी किनारमा हुन लागेको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले गर्नुहुने भएको छ ।
महायज्ञ नारायणी नदी किनारमा यही माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म चल्नेछ ।
प्रचारप्रसार गर्न मंगलबार मोटरसाइकल ¥याली गरिएको थियो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको सन्देश सहित सहभागीता बढाउन मोटरसाइकल ¥याली गरिएको आयोजकले जनाएको छ । र्याली गर्दै नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो ।
¥याली संयोजक एवम् दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरीका अनुसार ¥यालीमा करिब सय वटा मोटरसाइकल सहभागी थिए भने एउटा जीपमा माइकिङ गरिएको थियो ।
महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलका अनुसार महायज्ञ उद्घाटनपूर्व सो दिनको साढे ११ बजे कलश यात्रा निकालिने छ । महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञस्थल नारायणी नदी किनारमा हवन मण्डप र कुण्ड बनाउने काम अन्तिम चरणमा पुगेको छ । महायज्ञमा एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने महायज्ञका प्रमुख वाचक पाण्डेयले जानकारी दिनुभयो ।
योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञानमहायज्ञ हुन लागेको हो । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।
कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन मन्त्री पाण्डेबाट गराइने
कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन मन्त्री पाण्डेबाट गराइने
Advertisement
तपाईको प्रतिक्रिया



