चितवन । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेकाे छ ।
प्रहरीले चितवन साविक मंगलपुर गा.बि.स. ७ हालको भरतपुर महनागरपालिका १५ बस्ने बर्ष ३२ का तिलक गैरेलाइ पक्राउ गरेकाे हाे ।
२०७९ बैशाख २५ गते भरतपुर ७ कृष्णपुर स्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा काने भन्ने अनिल परियारलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न आराेप उनमा छ । फरार रहेका प्रतिवादीलाई २०७९ भदाै २३ गते बिहान जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा सि.न.पा.१ बेलहियामा लुकीछिपी हिडि रहेको अवस्थामा पक्राउ गरीएकाे हाे ।
प्रतिवादीलाई आवश्यक कारवाहीको लागी आज चितवन जिल्ला अदालतमा उपस्थित गराईएको र साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजि कार्य भइरहेको चितवन प्रहरीका प्रवक्ता प्र.ना.उ.विजय राज पण्डितले जानकारी दिनुभयाे ।