×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

स्थानीय चुनावका बागी उम्मेदवारहरुकाे कारबाही फिर्ता लिन सिफारिस गर्ने चितवन कांग्रेसकाे निर्णय


  •   शनिबार, भदौ १८, २०७९
  • चितवन । नेपाली कांग्रेस चितवनले जनताकाे साथमा कांग्रेस अभियान चलाउने भएकाे छ ।

    Advertisement

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको सभापति राजेश्वर खनालको अध्यक्षतामा पार्टी कार्यालय कमलनगरमा बैठक बसेर सम-सामयिक बिषय उपर गम्भीर छलफल गरेर निर्णय गरेको हाे ।
    “जनताको साथमा कांग्रेस” अभियान अन्तर्गत २०७९ भाद्र-२२ गते जिल्ला अन्तर्गतका ९८ वटै वडाका नेपाली कांग्रेस पार्टी वडा सभापति एवम् निर्वाचित जनप्रतिनिधिहरु- पालिकाका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरु वीच पार्टी कार्यालय कमलनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

    जनताको साथमा कांग्रेस अभियानको प्रथम चरणको समापन कार्यक्रम १०९ औं वीपी जयन्तीको अवसर पारेर २०७९ भाद्र २४ गते नेपाल सरकारका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्तामा बिशिष्ट राजनीतिक ब्यक्तिहरुको सम्मान सहित सम्पन्न गर्ने निर्यण गरेकाे हाे ।

    त्यस्तै स्थानिय निर्वाचन-२०७९ का सन्दर्भमा पार्टीको केन्द्रिय समितिको निर्णय उपर चित्त नबुझी भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेल र उहाँका प्रस्तावक र समर्थकहरु पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेललाई पार्टीको बिधान बमोजिम पार्टी सदस्यताबाट स्वतः निश्कासन गरिएको कारवाही फिर्ताका लागि नेपाली कांग्रेस केन्द्रिय अनुशासन समिति र केन्द्रिय कार्यसमितिमा सिफारिस गर्ने निर्यण गरेकाे हाे ।

    सोहि कार्यमा संलग्न भई भरतपुर महानगरपालिकाको प्रमुख पदमा पार्टीले सिफारिस गरेका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारका पक्षमा लागेका पार्टीका नेताहरु भिम बहादुर श्रेष्ठ (पूर्व सांसद), शम्भु अर्याल (तरुण दलका पूर्व केन्द्रिय सदस्य), आनन्द राउत (तरुण दल चितवनका पूर्व सचिव), सूर्य बस्नेत (क्षेत्रिय प्रतिनिधि) र केशव पौडेल (कृयाशिल सदस्य) लाई पार्टी सदस्यबाट निलम्बन गरिएकोमा उनीहरुको निलम्बन फुकुवाको लागि पार्टीको केन्द्रिय कार्यालयमा सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
    त्यस्तै आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रादेशिक तथा संघीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुन चाहने ब्यक्तिहरुबाट मातहातका निकायहरुमा पर्न आएका उम्मेदवारीको नामावली सिफारिस भइ जिल्ला कार्यसमितिमा आएकोमा बिधान अनुसार उपरोक्त सिफारिस उपर जिल्ला कार्यसमितिको तर्फबाट राय सहित माथिल्लो निकायमा पदाधिकारी र बरिष्ठ सदस्य मिलन बाबु श्रेष्ठसंग आवस्यक परामर्श गरी सिफारिस गर्न पार्टी सभापतिलाई अधिकार प्रत्यायोज गर्ने निर्णय गरेकाे हाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.