चितवन । पछिल्लो समय बालबालिकालाई प्रयाेग गरेर हुने अपराध न्यूनीकरण गर्न सबैले जाेड दिएका छन् ।
न्यूनीकरण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालबालिकाहरुका लागि बाल अधिकार र बालबालिकाहरु विरुद्ध हुन सक्ने अपराध सम्बन्धमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।
Advertisement
भरतपुर ८ स्थित शरदपुरमा जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना तथा शरदपुर उच्च माध्यमिक विद्यालय चितवनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम गरिएको हाे ।
सोही विद्यालयकाे कक्षा ६, ७ र ८ मा अध्ययनरत छात्र/छात्राहरु ६९ जनालाई बालश्रम, बालबालिका अधिकार, पिडितको दायित्व, बालयौन दुर्व्यवहार लगायतका विषयमा प्रहरीले प्रशिक्षण दिएकाे हाे । प्रहरी निरीक्षक देवराज शर्माले सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभएकाे हाे ।