×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिन्छु : मेयर रेनु दाहाल


  •   शुक्रबार, भदौ १०, २०७९
  • चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिने बताउनुभएको छ ।

    Advertisement

    भतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले राफ्तारमा काम सम्पन्न गरी विश्राम लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    २९ वटा वडाकाे लालपुर्जा वितरण गर्ने कार्य अब कुनै पनि कारण र बाहाना गरेर नरोकिने उहाँले प्रष्ट पार्नु भयो ।वर्षौदेखि रोकिएको गाँउ ब्लकको कार्यक्रम अन्तरगत भरतपुर २९ मा लालपुर्जा वितरण गर्नुका साथै वडा नम्बर २ मा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा दिएर उदाहारण प्रस्तुत गरेको मेयर दाहालको भनाई थियो ।

    ‘निस्सा पाएपनि जग्गा पाईदैन भन्दै विरोधीले हल्ला चलाएका छन्’उहाँले भन्नुभयो,‘अब तपाईहरु ढुक्क हुनुस् । हामी जिम्मेवार निकाय तपाईसँगै छौ । हल्लाका पछाडि नलाग्नुस् । हामी बोलेरभन्दा काम गरेर देखाउछौ। विगतको कामबाट पनि प्रमाणित भइसेको छ ।’

    भरतपुर महानगरपालिकाले विकासको मोडेल रुपमा पहिचान दिए जस्तै लालपुर्जा दिने पहिलो पालिकाको रुपमा आफ्नो पहिचान बनाएको मेयर दाहालले बताउनुभयो । अब केही महिनाभित्रै लालपुर्जा दिएर छाड्छौ, धेरै समय लालपुर्जा दिन्छौ भनेर आश्वास दिएका भाषण सुन्नु भइसकेको छ, अब कुराभन्दा काम गरेर देखाउछौ¬¬ मेयर दाहालले भन्नयो ।

    यसैगरी भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले वर्षदेखि जग्गा उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन २३ नम्बरका स्थानीयबासीहरु जग्गाको मालिक बन्ने प्रक्रिया सुरु भएको बताउनुभयो । निर्वाचनमा गरेको बाचा अनुरुप अहिले लालपुर्जा वितरणको प्रक्रियामा गईसेको उपप्रमुख अधिकारीको भनाई छ ।

    यस्तै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले निर्वाचन आचारसंहिताले लालपुर्जा वितरण कार्यक्रमलाई कुनै असर नपार्ने बताउनुभयो । भूउपयोग ऐनले व्यवस्था गरेअनुसार लालपुर्जा बन्ने काम निरन्तर अगाडि बढ्ने अध्यक्ष तिमल्लिसनाको भनाई छ ।

    भरतपुर वडा नम्बर २३ मा शुक्रबार १८४ जनालाई निस्सा प्रदान गरिएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले भूमिहिन सुकुम्बसी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरेर नापजाँपको शुभारम्भ गर्नु भएको छ ।

    भरतपुर वडा नम्बर २३ र २४ मा विस२ ०३५ सालमा हेटौडाँको हटियाबाट बसाईसराई गरी यहाँ आएका भुमिहिन सुकुम्बासीको बसोबास गरेको छ । भरतपुर २३ मा मात्रै ९ सय ४ जना सुकुम्बासी छन् । भरतपुर महानगरका २९ वटा वडामा १० हजार ७९ जना सुकुम्बसीको बसोबास रहेको तथ्याडक रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.