चितवन । साथीबाट साथीलाई यौन तथा प्रजनन स्वास्थ्य अभिमुखिकरण अभियान प्रभावकारी हुँदै गएकाे छ ।
Advertisement
घर तथा विद्यालयमा याैन र प्रजनन् स्वास्थ्यको बारेमा छलफल र बहस प्रभावकारी गराउनको लागि बालबालिका लक्षित अनु शिक्षण सुरु गरिएको हाे ।
कावासोतीमा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा संचालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुले यो बारेमा प्रशिक्षक तालिम पश्चात् यो अभियान सुरु गरेका हुन् ।
आज कावासोति ८ को जनकल्याण माध्यमिक बिधालयमा अध्ययनरत बालबालिकाहरुको लागि साे कार्यक्रमको आयोजना गरिएको थियो ।