×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवं बिधि विरुद्ध गोष्ठी सम्पन्न


  •   बुधबार, भदौ ०८, २०७९
  • भरतपुर, ८ भदौ । युवा तथा खेलकुद मन्त्रालयले चितवनमा खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवं बिधि विरुद्ध गोष्ठी कार्यक्रम बुधबार सम्पन्न गरेको छ । चितवनका खेलाडिलाइ लक्ष्यित गरि गरिएको कार्यक्रममा भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले
    अन्य बिकासका काम सग सगै महानगरले खेलकुदको बिकासमा सक्दो सहयोग गर्ने बताउनु भयो । महानगरले युवा तथा खेलकुद समिति नै बनाएर निरन्तर रुपमा काम गरिरहेको उप प्रमुख भन्नू भयो । उपमेयर अधिकारीले खेलाडीलाई स्वच्छ खेलकुदका गतिविधिमा लाग्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
    उहाँले नियतवस वा भूलबस प्रतिबन्धित औषधि प्रयोग गर्ने अवस्था आउन नदिन अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले देशभरका खेलाडीहरुलाई प्रतिबन्धि औषधि प्रयोग नगर्न देशव्यापी प्रशिक्षण अभियान चलाइएको बताउनुभयो । “प्रतिबन्धित औषधि प्रयोग गर्दा स्वयम् खेलाडी र देशकै प्रतिष्ठा गुम्ने खतरा हुन्छ”, उहाँले भन्नुभयो, “खेलाडी, प्रशिक्षक, खेलका सरोकारवाला संस्थाहरुलाई यस्ता गतिविधि नगर्न सचेत गराउन थालेका छौँ ।”

    स्वच्छ खेल बनाउन विगत २ वर्षदेखि अभियान चलाइएको बताउनुभयो । यो वर्ष ७ सय जना खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रका संस्थाहरुलाई तालिम दिने लक्ष्य रहेको बताउनुभयो । “प्रतिबन्धित औषधिहरुको नेपालीकरण गरेर सूचीनै सार्वजनिक गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “खेलाडी धेरै भएका क्षेत्रमा अभियान चलाइसक्यौँ, अब केही महिनाभित्रै खेलाडी कम भएका क्षेत्रमा पनि अभियान चलाउनेछौँ ।” खेलाडीमा अप्राकृतिक रूपमा शक्ति बढाउन प्रतिबन्धित औषधि प्रयोग गर्नेक्रम बढेको छ । अर्थोपेडिक्स तथा ट्रमा सर्जन डाक्टर ज्ञानेन्द्र शाहले खेलाडीले प्रतिबन्धित औषधि आफ्नो साथमा राख्दा या प्रयोग गर्दा, डोपिङ टेस्टमा बाधा पुर्‍याउँदा र आफू कहाँ छु भन्नेबारे जानकारी नदिँदा पनि डोपिङमा पर्ने बताउनुभयो । खेलाडीले सफलताको आशा, ख्यातिसँगै आर्थिक समृद्धि हासिल गर्न डोपिङ गर्ने गरेका छन् ।

    प्रतिबन्धित औषधि प्रयोग गरेको दुई वर्षसम्म पनि डोपिङ टेस्ट पोजिटिभ आउने भएकाले खेलाडीको करियरमा दाग लाग्न नदिन बेलैमा सतर्क बन्नुपर्नेमा जोड दिनुभयो । अन्र्तक्रियामा चितवन, नवलपुरका विभिन्न विधाका खेलाडी, प्रशिक्षक, संस्थाका ४० बढीको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ, कार्यालय सचिव रामजी ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.