×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रायमाझी भन्नुहुन्छ : याे बिकास र बिनासकाे लडाइँ हाे


  •   शनिबार, भदौ ०४, २०७९
  • चितवन, ४ भदौ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनासको लडाई रहेको बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन विनासतर्फ गईरहेको बताउनु भएको हो । सचिव रायमाझीले भन्नुभयो “गठबन्धन विनासतर्फ गईरहेको छ । हामी देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोज्दैछौं ।” यही कुरामा फरक परेका कारण एमालेसँग समाजवादी र माओवादीको सहकार्य र गठबन्धन हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “वैचारिक, राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेण्डा एमालेसँग छ । त्यो एजेण्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।” देशको राष्ट्रियता, संघीयता गणतन्त्र, संविधानको रक्षा गर्नका लागि एकता वा गठबन्धन हुनु पर्ने बताउँदै रायमाझीले भन्नुभयो “गठबन्धन हुनका लागि यसमा न्यूनतम सहमति हुनुपर्छ । लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले गर्दैन ।” विजयी मात्रै हुने उद्देश्यले एमालेले गठबन्धन नगर्ने उहाँले बताउनुभयो । आफूलाई वामपन्थी भन्ने पार्टीहरु गलत बाटोमा हिडेको भन्दै उहाँले अगाडि थप्नुभयो “अबको निर्वाचनमा लोभीपापीहरुको गठनबन्धनले जित्ने हो भने देश २५÷३० वर्षसम्म पछाडि पर्ने स्थिति छ ।” अबको निर्वाचनमा एमालेले जितेन भने देशको समृद्धि र राष्ट्रियता गम्भीर संकटमा पर्ने बताउँदै उहाँले भन्नुभयो “जनतालाई ठीकसँग बुझाउन सकेनौं भने देशको समृद्धिमा ठूलो संकट आउने स्थिति छ । सबै नेपाली जनतालाई राम्रोसँग स्पष्टसँग बुझाउनु जरुरी छ ।” कांग्रेस बाहेकका दलहरु पटक पटक एमालेसँग आएर गठबन्धन गर्न ईच्छा जाहेर गरेको भन्दै उहाँले भन्नुभयो “लक्ष्य, उद्देश्य, विचार राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिसातर्फ अगाडि बढाउन सकिंदैन । त्यो विषयमा कुरा गर्दा उनीहरु पछाडि हट्नुहुन्छ ।” दलहरु स्वार्थ केन्द्रीत गठबन्धन गर्न एमालेसँग आउने गरेको बताउँदै उहाँले त्यसलाई एमालेले स्वीकार नगरेको बताउनुभयो । आफ्नै पार्टीको नेतृत्वको सरकारलाई गिराएर विपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रबृत्तिलाई के भन्ने ? भन्दै सचिव रायमाझीले यसको जवाफ अहिलेसम्म नआएको बताउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्टको भोटले जित्ने, पार्टीको प्रधानमन्त्री बनाउने अनि गिराउने, दुनियामा यस्तो कहीं पाईदैन ।” गैरराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै उहाँले भन्नुभयो “एनिआउ गठबन्धन बचाउ, लुटेर खाऊ, अस्तित्व बचाउ यो भन्दा केही छैन । साथीहरु कांग्रेसको पुच्छेर हुन हिड्नुभएको छ ।” फरक प्रसंगमा उहाँले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर यो ठिक छैन भन्ने सन्देश दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपतिले विधेयक फिर्ता गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो । जनतालाई सचेत गराउन सन्देश दिने कुरा हो ।” कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको उपस्थिति थियो । कार्यक्रम चौतारी जिल्ला अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न भयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.