×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

भएका बैज्ञानिक समेत बिदेशीन बाध्य पार्नेगरी विद्येक बनेकाे भन्दै विराेध


  •   बिहिबार, भदौ ०२, २०७९
  • चितवन । नेपाल भेटेरिनरी एशोसिएसनले नेपालमा भएका बैज्ञानिकलाइ विदेशीन बाध्य पार्नेगरी विद्येक आउन लागेकाे भन्दै तुरुन्तै सच्याउन माग गरेकाे छ । यए प्रेश विज्ञप्ति जारी गर्दै देशभरका दर्तावाल पशु चिकित्सकहरुले राखेका मागहरु समेत सम्बोधन गरेर प्रस्तावित पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक अगाडि बढाउन माग गरिएको हाे ।
    पटक पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा आफ्ना मागहरु पेश गर्दै आएको र मन्त्रालयमा मस्यौदा तयारीको शुरुका केही बैठकपछि अन्य बैठकमा सरोकारवालाहरुको हुलहुज्जत, अमर्याादित प्रस्तुति हुन थालेपछि नेपाल भेटेरिनरी एशोसएसनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएका बैठकमा केही विषयमा लिखित असहमति समेत जाहेर गरेको भएपनि जनप्रतिनिधिले गम्भीरतापूर्वक नलिएकाे आराेप लगाइएकाे छ । असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पठाइने भनिएको तर कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले समेत देशको एउटा विद्धत र प्राज्ञिक समुहको न्युनतम जायज मागहरुलाई बेवास्ता गरी २०७९ श्रावण २२ मा प्रतिनिधि सभामा विधेयक पेश भएको विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    समितिमा पटक पटक आफ्ना कुरालाई राख्नको लागि समय माग गरेपनि समितिले समय उपलब्ध समेत नगराएकाे, लोकतान्त्रिक मुलुकको संसदीय समिति नागरिकका आवाज समेत सुन्न तयार नभएकाे, निरंकुश तरिकाले पेलेर अगाडि बढेकाे भन्दै जनताबाट निर्वाचित माननीयहरुले आफूहरुकाे माग, अन्तराष्ट्रिय अभ्यास, नेपाल पक्षधर सम्झौता आदिलाई समेत अध्ययन गरेर विधेयकमा समितिले गरेका कमजोरीहरुलाई प्रतिनिधि सभाबाट सुधार हुने अपेक्षा गरेपनि त्याे नभएको बताइएको छ। तर मिति २०७९ साल श्रावण ३१ गते प्रतिनिधि सभामा माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी यो विधेयक पारित भएकाे र यसरी पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक विच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु संबोधन नगरी, द्वैध अर्थ लाग्ने गोलमटोल शब्दहरु राखी विधेयक पारित गरिएको प्रति एशोसिएसन ले गम्भीर आपत्ति प्रकट गरेकाे छ । विदेशमा रहेका दक्ष जनशक्ति स्वदेश भित्राउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशक्ति पलायन हुने अवस्था सिर्जना गरिन लागेकाे भनिएको छ। विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्याई जायज मागहरु सम्बोधन गर्न जोडदार माग गरिएकाे छ । देशको दुर्गम तथा सुगम सबै पालिकाहरुमा पशु चिकित्सक लगायत विशेषज्ञ सेवा पुर्याउने मूल दायित्व मन्त्रीको हैसियतले आफ्नै हो भन्ने अनुभूति समेत नगरी कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले एशोसिएनले उठाएका जायज मागहरुको नजरअन्दाज गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद विधेयक पेश गर्ने क्रममा गरिमामय संसदको रोष्टमबाट आफ्नो सम्मानित पदको मर्यादा र दायित्व समेत ख्याल नगरी पशु चिकित्सकहरुलाई शहर केन्द्रित भनी तथ्यहीन आरोप समेत लगाउंदै प्रतिनिधि सभाबाट उक्त विधेयक पेश गरेको र प्रतिनिधिसभाबाट पास समेत भएकोमा नेपाल भेटेरिनरी एशोसिएसनको गम्भीर असहमति र आपत्ति रहेको व्योहोरा सबैमा जानकारी गराउन चाहन्छौँ ।´ विज्ञप्तिमा भनिएको छ । यसैको विरोध स्वरुप चरणबद्धरुपमा आन्दोलनको कार्यक्रममध्य आज ५।०२ गते नेपाल भेटेरिनरी एशोसिएसन बाग्मती प्रदेश कमिटिको अग्रसरतामा बिहान चितवन जिल्लाका सम्पूर्ण पशु चिकित्सक र पशु चिकित्सा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरु करिब ६०० को संख्यामा पशु आस्पताल तथा बिज्ञकेन्द्र भरतपुरबाट बिरेन्द्र क्यम्पस सम्म बिरोध रयाली गरि चैबिसकोठीमा कोणसभामा यो विधेकको सन्दर्भमा बिरोध जनाउने कार्यक्रम गरेकाे छ । विधेकको सन्दर्भमा बिरोध जनाउने अरु थप कार्यक्रम सहभागी हुन एशोसिएसनले सबै सदस्यमा अपिल समेत गरेकाे छ । यसै सन्दर्भमा, आज मिति २०७९।०५।०२ गते भेटेरिनरी एशोसिएशन तथा विद्यार्थी एशोसिएसनहरुको अगुवाईमा निरंकुश तबरले विधेयकलाई पास गर्ने तबरले लागेको संघिय कृषि तथा पशुपंक्षि विकास मंत्री मृगेन्द्र कुमार सिंह यादवको पुतला दहन गर्ने कार्य भरतपुरमा योजना गरिएको थियो । कोणसभामा एशोसिएसनका अध्यक्ष डा. सुलभ श्रैष्ठले उक्त विधेयकलाई सरकारले तत्काल नसच्याए देशका सबै पशुचिकित्सकहरुले गर्दै गरेका सम्पूर्ण कार्यहरु ठप्प गरि कडा आन्दोलनको कार्यक्रमहरु लिई अघि बढ्ने चेतावनी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.