चितवन । चितवन प्रहरीले मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्दै हिंडेका एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले गोरखा सिरानचोक गाउँपालिका ४ बस्ने दिलिप श्रेष्ठलाइ पक्राउ गरेकाे हाे ।
श्रेष्ठले रौतहट गरूडा नगरपालिका ५ बस्ने बर्ष २८ को रुप नारायण साह सोनारलाइ साउन ६ गतेका दिन मोवाईल चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गर्याे । जिल्ला अदालतबाट म्याद थप अनुमती प्रदान भई चोरी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा रहेको अवस्थामा सोनारलाई तत्काल प्रहरी कार्यालयबाट छुटाई दिन्छु भनि श्रेष्ठले रकम लिएका थिए ।
उनले थुनामा रहेका सोनारको भाई सुखारी साहसंग कुराकानी गरी बिस हजार) लिएको, सो नगद लिए पश्चात श्रेष्ठ सम्पर्कमा नआएपछि ठगीबारे बाहिरिएको हाे ।
सोनार साउन ३० गतेका दिन जिल्ला अदालतको आदेशले नगद रु. ३०,०००/- (तिस हजार) धरौटी राखी तारिखमा छुटे पश्चात प्रतिवादी रुप नारायण साहको भाई सुखारी साहले आफु ठगिएको कुरा थाहा पाई दिलिप श्रेष्ठको बिरुद्धमा ठगी सम्बन्धी कसुरमा सायन ३१ गतेका दिन किटानी जाहेरी दरखास्त दिएका थिए ।
श्रेष्ठलाई आजै मिति साउज ३१ गते नै पक्राउ गरि चितवन जिल्ला अदालत समक्ष पेश गरिएकोमा अदालतबाट दिन ७ (सात) म्याद थप प्राप्त भई हिरासतमा राखि ठगी सम्बन्धि कसूरमा अनुसन्धान कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएकाे छ।



