चितवन । चितवन प्रहरीले नदीजन्य पदार्थको अबैध उत्खनन गरेका पांच वटा सवारीसाधनलाइ नियन्त्रणमा लिएकाे छ।
Advertisement
प्रहरीले स्काभेटर- १, टिपर -२ र ट्याक्टर -२ नियन्त्रणमा लिएकाे हाे । सादा पोसाकमा खटिएको प्रहरी निरीक्षक सुवास भट्ट सहितको टोलीले जिल्ला चितवन कालिका नगरपालिका ९ जुटपानी स्थित कयर खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरीरहेको अवस्थामा प्र.३-०१-००३ क ७६७९ को Excavator, ना.८ ख २५७१ को टिपर, ना. ८ ख ८५८८ को टिपर, ना. ७ त २६३२ को ट्याक्टर र नम्बर प्लेट नखुलेको आइचर ट्याक्टरलाई फेलापारी नियन्त्रणमा लिएकाे हाे । आवश्यक कारवाहीको लागी कालिका नगरपालिकाको कार्यालय, चितवन पठाईएको प्रहरीले जानकारी दिएकाे छ।