चितवन । नेपाली कांँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी संघीय निर्वाचनमा कांँग्रेसलाई गठबन्धन आवश्यक रहेको बताउनु भएको छ । आज नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांँले कांँग्रेसलाई गठबन्धन गर्दा फाईदा हुने बताउनु भयो । ’अहिले कांँग्रेसले गठबन्धन नगरे अर्कोले गरिहाल्छ, उहांँले भन्नुभयो, यो राजनीति डरको पनि करको पनि हो ।’ अहिले गठबन्धन र छलफल भईरहेको वार्गेनिङ्ग भईरहेको बताउनु भयो । उहांँले अहिलेनै सीटको विषयमा कुनै निर्णय भईनसकेको उहांँको भनाई छ । अहिले कुनै सिट सुनिश्चित भएको छैन, उहांँले भन्नुभयो,यो अहिले कांँग्रेस कांँग्रेस जिताउन अभियानमा लाग्ने हो । ’
तपाई आगामी सरकारमा प्रधानमन्त्री बन्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा उहांँले आफू प्रधानमन्त्री बन्न तयार रहेको समेत बताउनु भयो । ‘अरु को को प्रधानमन्त्रीको आकांक्षी छन, छलफल हुनुपर्छ निर्णय हुनुपर्छ , उहांँले भन्नुभयो , म पनि प्रधानमन्त्री बन्न तयार छु ।’
गठबन्धनमा कांग्रेस हुनु अहिलेको आवश्यकताले हाे : वरिष्ठ नेता पौडेल
गठबन्धनमा कांग्रेस हुनु अहिलेको आवश्यकताले हाे : वरिष्ठ नेता पौडेल

Advertisement
तपाईको प्रतिक्रिया