×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर क्रिकेट क्लब मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा भाग लिन भारत प्रस्थान


  •   शुक्रबार, साउन २०, २०७९
  • चितवन । भारतको राजस्थानमा हुने मैत्रीपूर्ण एक दिवसीय तथा दुई दिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुने भरतपुर क्रिकेट क्लबका खेलाडीहरु लाई विदाई गरिएको छ ।
    शुक्रबार भरतपुर महानगरपालिकाको सभाहलमा महानगर प्रमुख रेनु दाहालले प्रतियोगितामा सहभागि हुन लागेका १४ जना खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गर्नु भएको हो ।
    भरतपुर क्रिकेट क्लबका क्याप्टेन तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दिपेश श्रेष्ठसहित चितवनका सिनियर टिमका खेलाडीहरु एक हप्ताको लागि राजस्थान प्रथान गरेको छ । विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले उच्च मनोबलका साथ नेपालको शिर उच्च पार्ने गरी प्रतियोगितामा सहभागि हुन शुभकामना व्यक्त गर्नुभएको थियो । भरतपुरमा निर्माणधिन गौतम वुद्ध क्रिकेट रंगशालाको रोकिएको निर्माण कार्य छिट्टै सुरु हुने मेयर दाहालको भनाई छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएर विजेता हुने खेलाडीलाई महानगरको कार्यविधि अनुसार आर्थिक सहयोग प्रदान हुने मेयर दाहालले उल्लेख गर्नुभयो । भरतपुरलाई खेलकुदको हब बनाउने गरी विभिन्न खेलकुदका पूर्वाधारहरु निर्माणको कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।
    सोही कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक अनिल अधिकारीले भरतपुरमा निर्माणधिन गौतम वुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न भए अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले आयोजना गर्न सक्ने भएकाले छिटो निर्माणको काम अगाडि बढाउन मेयर दाहाललाई आग्रह गर्नुभएको थियो । 
    भरतपुर महानगर खेलकुद समितिका अध्यक्ष विकास श्रेष्ठले प्रतियोगितामा सहभागि हुन लागेका खेलाडीलाई सकेको आफ्नो कलाकौशल प्रर्दशन गरी जिल्लाका साथै समग्र नेपालको नाम विश्वमाझ फैल्याउन अनुरोध गर्नुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.