×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ठेकदारको ढिलासुस्ती र लापरबाहीले सयौँ सडक निर्माणको काम अलपत्र भयो : मेयर रेनु दाहाल


  •   मङ्गलबार, साउन १७, २०७९
  • चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताउनुभएको छ ।
    भरतपुर महानगरपालिका १८ मा रहेको मिलन युवा क्लबले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु अधुरो र अलपत्र परेको उल्लेख गर्नुभयो ।
    मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि ठेकदारहरु विभिन्न बहाना बनाएर सडक निर्माणको कामलाई अलपत्र पारेर महानगरपालिको सम्पर्क बाहिरा बसेको बताउनुभयो ।
    ‘तोकिएको समयमा सयौँ सडकहरु अहिले निर्माण सम्पन्न हुनु पथ्र्यो,उहाँले भन्नुभयो,‘ठेक्का भएको छ । काम हुँदैन । ठेकदारहरुले ठेक्का लिने काम नगर्ने परिपाटीले जनताले दुःख पाएका छन् । यसबारे जनप्रतिनिधिलाई गुनासो आउनु स्वाभाविक पनि हो ।’
    महानगरपालिकाको काम योजना छनोट गर्ने, बजेट विनियोजन गरी ठेक्का दिने हो, ठेक्का पाएका ठेकदारले काम लिएर विभिन्न बाहाना बनाई होल्ड गरेर बस्ने परिपाटीको देखिएको छ–मेयर दाहालले भन्नुभयो ।
    अहिले वर्षातको समय भएकाले कालोपत्रे गर्न नमिल्ने भएकाले निर्माण रोकिएको पनि मेयर दाहालले बताउनुभयो ।
    ठेकदारहरुले विभिन्न बाहाना बनाएकाले सडक निर्माणका कामहरु रोकिएको मेयर दाहालले जानकारी दिनुभयो ।
    ‘कहिले वर्षात भयो भन्दै काम रोकिएको छ,‘उहाँले भन्नुभयो,‘कहिले निर्माण सामाग्री अभावको बाहान बनाईन्छ । कहिले निर्माण सामाग्रीको मूल्यवृद्धि भयो भनेर बाहाना बनाइएको छ ।’
    भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६ सय १० किमि सडक कालोपत्रे गरेर उदाहरणीय कार्य गरेको छ । पछिल्लो ६ महिनादेखि भरतपुरमा ठेक्का सम्झौता भएका सडकहरु अलपत्र परेका छन् ।
    महानगरले निर्माण कार्य रोक्ने ठेकेदारलाई काम अगाडि बढाउन ताकेता पनि गर्दै आइरहेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.