×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सेन्ट्रल कलेजले एक महिनाभित्र जापानका तीन स्थानमा सम्पर्क कार्यालय खाेल्ने, विशेष छुटका प्याकेज समेत घाेषणा


  •   सोमबार, साउन ०९, २०७९
  • चितवन । चितवनकाे भरतपुरमा अवस्थित सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा. लि. ले बिदेश अध्ययनमा जान चाहाने विद्यार्थीलाई विशेष सहुलियत दिने भएको छ ।

    Advertisement

    बिगत १२ बर्षदेखि शैक्षिक
    क्षेत्रमा काम गर्दै आइरहेको कलेजले प्रेसमार्ग शहिदचोकमा मुख्य कार्यालय बनाई अन्य सम्पर्क कार्यालयका रुपमा सौराहाचोक, पर्सा, चितवन तथा कावासोती नवलपुरमा स्थापना कालदेखिनै जापानमा विद्यार्थी पठाउँदै आएको थियाे । पछिल्लो समय
    सेन्ट्रल कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत,
    यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका काम गर्न थालेको छ।
    आज पत्रकार सम्मेलन गरी कलेजका प्रिन्सिपल यज्ञविलास पाैडेलले बाइबीले  अध्ययनका लागि विभिन्न देशमा जान चाहाने दलित,जनजाती र पछाडि परेको समुदायलाई बिशेष छुट दिने घोषणा गर्नुभएकाे हाे  । यस्तै
    महिला विद्यार्थी र बाहिरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी
    बस्ने विद्यार्थीलाई पनि सहुलियत प्रदान गरिने उहाँको भनाइ छ ।

    कलेजले जापान, कोरिया लगायत अन्य देशहरुमा वर्कीङ भिषा तथा अन्य भिषामा जान चाहनेहरुका लागि पनि आवश्यक भाषा तथा तालिम सञ्चालन गरिरहेकाे छ ।

    २०१० सालमा दर्ता भएर संचालन भएको कलेजले शिक्षा मन्त्रालयबाट
    स्वीकृत प्राप्त गरेर सुरुवातका दिनमा होटल, इलेक्ट्रोनिक्स, कम्प्युटर
    लगायतका तालिम समेत प्रदान गर्ने कलेजले  हालसम्म भने सयौं विद्यार्थीलाई विभिन्न देशहरुमा अध्ययन का लागि पठाइसकेकाे छ ।

    कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई, टोफल
    लगायतका भाषा कक्षाहरु संचालन गर्दै आइरहेकाे छ ।
    कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा सामाजिक
    कामहरु पनि निरन्तर गर्दै आइरहेको र विशेषगरी फुटबलकाे क्षेत्रमा याेगदान रहेकाे छ । 

    खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा याेगदान दिंदै आएकाे कलेजले रक्तदान, लागु पदार्थ दुर्व्यसनी विरुद्धका अभियान, ट्राफिक
    जनचेतना, कलेज तथा स्कुलका विद्यार्थी सँग सम्बन्धि वक्तित्वकला,
    फेरवयल कार्यक्रम, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लवहरु सँग मिलेर व्यक्तित्व
    तथा नेतृत्व विकासका कार्यहरु जस्ता कार्यक्रमहरुमा सेन्ट्रल कलेजले अग्रसर
    भएर काम गरिरहेको छ । विशेषगरी खेल क्षेत्रमा विशेष याेगदान पुर्याएकाे कलेजले विदेश अध्ययन गर्न जान चाहाने खेलाडीहरुलाई पनि बिशेष छुट प्रदान गर्ने घोषणा गरेकाे छ ।
    नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय खोलिसकेको छ । एक महिनाभित्र टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको पाैलेलले जानकारी दिनुभयाे ।
    त्यसरी  स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्नेछन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.