×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सुरक्षामा सहयाेग पुर्याउने भरतपुर महानगरका सिसिटिभि नै बिरामी !३७ मा १७ मात्रै संचालन


  •   आइतबार, साउन ०८, २०७९
  • चितवन । स्मार्ट सिटी बनाउने नारा कहिल्यै नभुल्ने भरतपुर महानगरका जनप्रतिनिधिले जडान भएरपनि बिग्रिएर संचालनमा नआएका सिसिटिभि मर्मतमा   चासाे दिएका छैनन् । चितवनमा बढ्दाे शहरीकरण संगै हुने विभिन्न अपराध तथा  दुर्घटनाका दाेषी समयमै पहिचान गर्न मद्दत पुर्‍याउने क्यामेराहरु मर्मत नहंदा यसकाे प्रत्यक्ष असर प्रहरीलाई धेरै परेकाे छ । महानगर लगायतका ठाउँबाट माेटरसाइकलहरुकाे बढ्दाे चाेरीका घटनालाई नियन्त्रण गर्न सफल भइरहेपनि सिसिटिभि पुर्णरुपमा संचालन नहुदा समस्या हुने गरेकाे प्रहरीकाे भनाइ छ ।

    Advertisement

    महानगरका विभिन्न सडकका चाेकमा ३७ वटा सिसिटिभि जडान भएपनि जम्मा १७ वटा संचालनमा रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयाे ।
    सवैभन्दा बढी भिड हुने पुल्चोकमा चार वटा क्यामेरा जडान भएपनि हाल एउटामात्र संचालनमा रहेकाे उहाँको भनाइ छ। शहिदचाेकमा २ वटा क्यामेरा जडान भएपनि एउटामात्र संचालनमा रहेकाे छ । लायन्स चाेकमा २,बीरेन्द्र क्याम्पस अगाडिकाे, चाैविसकाेठी,मालपोत चाेक,दुरसचार राेड अगाडि, विद्युत् कार्यालय अगाडि, पारस बसपार्क र लंकुमा रहेका सिसिटिभि संचालनमा छन् ।
    तर पुल्चोकमा चारमध्ये एउटा मात्र, शहिदचाेकमा दुइवटामा एउटा, पारस वसपार्कमा चारमध्य एउटामात्रै चलिरहेको हाे ।
    प्रायः बाटाे बिस्तार, हावाहुरी चट्याङ ,फाइबरकाे समस्या आदि मुख्य कारण छन् भने कतिपय क्यामेरानै नयाँ फेर्नुपर्ने अवस्थामा रहेकाे अधिकारीले बताउनुभयाे । त्यस्तै क्यामेरा जडान गर्नुपर्ने अन्य आवश्यक ठाउँ समेत रहेकाे भन्दै अधिकारीले हाकिम चाेक, पाेखरा बसपार्क ,लिलाचाेक,मेनराेड,बालकुमारी चाेक,बेलचाेक,धर्मचाेकमा क्यामेरा जडान गर्न आवश्यक रहेकाे उहाँको भनाइ छ।
    अधिकारीका अनुसार बिग्रेको क्यामेरा मर्मत गर्न महानगरले मर्मत गर्ने कम्पनी संग सम्झौता गरिसकेको र केहि मर्मत भएर १२ बाट संचालन हुनेमा १७ वटा पुगेको बताउनुभयो ।  तर मर्मत गरेकाे केही दिनमै बिग्रन गरेकाे उहाँको भनाइ छ ।
    क्वालिटीका सिसिटिभि निरन्तर संचालनमा भए सबै गतिविधि प्रष्ट देख्न सकिने र यसले अपराधिक गतिविधि तथा चाेर पत्ता लगाउन ठूलाे सहयाेग पुग्ने अधिकारी बताउनुहुन्छ । अन्य बिग्रेका क्यामेरा मर्मतका क्रममा रहेकाे र केही क्यामेरा फेर्ने तयारी भएको उहाँको भनाइ छ ।
    उहाँका अनुसार करिव सात वटा क्यामेरा  फेर्नुपर्ने देखिएकाे र अन्यकाे चेकिङ चलिरहेकाे उहाँको भनाइ छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.