चितवन । स्मार्ट सिटी बनाउने नारा कहिल्यै नभुल्ने भरतपुर महानगरका जनप्रतिनिधिले जडान भएरपनि बिग्रिएर संचालनमा नआएका सिसिटिभि मर्मतमा चासाे दिएका छैनन् । चितवनमा बढ्दाे शहरीकरण संगै हुने विभिन्न अपराध तथा दुर्घटनाका दाेषी समयमै पहिचान गर्न मद्दत पुर्याउने क्यामेराहरु मर्मत नहंदा यसकाे प्रत्यक्ष असर प्रहरीलाई धेरै परेकाे छ । महानगर लगायतका ठाउँबाट माेटरसाइकलहरुकाे बढ्दाे चाेरीका घटनालाई नियन्त्रण गर्न सफल भइरहेपनि सिसिटिभि पुर्णरुपमा संचालन नहुदा समस्या हुने गरेकाे प्रहरीकाे भनाइ छ ।
महानगरका विभिन्न सडकका चाेकमा ३७ वटा सिसिटिभि जडान भएपनि जम्मा १७ वटा संचालनमा रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयाे ।
सवैभन्दा बढी भिड हुने पुल्चोकमा चार वटा क्यामेरा जडान भएपनि हाल एउटामात्र संचालनमा रहेकाे उहाँको भनाइ छ। शहिदचाेकमा २ वटा क्यामेरा जडान भएपनि एउटामात्र संचालनमा रहेकाे छ । लायन्स चाेकमा २,बीरेन्द्र क्याम्पस अगाडिकाे, चाैविसकाेठी,मालपोत चाेक,दुरसचार राेड अगाडि, विद्युत् कार्यालय अगाडि, पारस बसपार्क र लंकुमा रहेका सिसिटिभि संचालनमा छन् ।
तर पुल्चोकमा चारमध्ये एउटा मात्र, शहिदचाेकमा दुइवटामा एउटा, पारस वसपार्कमा चारमध्य एउटामात्रै चलिरहेको हाे ।
प्रायः बाटाे बिस्तार, हावाहुरी चट्याङ ,फाइबरकाे समस्या आदि मुख्य कारण छन् भने कतिपय क्यामेरानै नयाँ फेर्नुपर्ने अवस्थामा रहेकाे अधिकारीले बताउनुभयाे । त्यस्तै क्यामेरा जडान गर्नुपर्ने अन्य आवश्यक ठाउँ समेत रहेकाे भन्दै अधिकारीले हाकिम चाेक, पाेखरा बसपार्क ,लिलाचाेक,मेनराेड,बालकुमारी चाेक,बेलचाेक,धर्मचाेकमा क्यामेरा जडान गर्न आवश्यक रहेकाे उहाँको भनाइ छ।
अधिकारीका अनुसार बिग्रेको क्यामेरा मर्मत गर्न महानगरले मर्मत गर्ने कम्पनी संग सम्झौता गरिसकेको र केहि मर्मत भएर १२ बाट संचालन हुनेमा १७ वटा पुगेको बताउनुभयो । तर मर्मत गरेकाे केही दिनमै बिग्रन गरेकाे उहाँको भनाइ छ ।
क्वालिटीका सिसिटिभि निरन्तर संचालनमा भए सबै गतिविधि प्रष्ट देख्न सकिने र यसले अपराधिक गतिविधि तथा चाेर पत्ता लगाउन ठूलाे सहयाेग पुग्ने अधिकारी बताउनुहुन्छ । अन्य बिग्रेका क्यामेरा मर्मतका क्रममा रहेकाे र केही क्यामेरा फेर्ने तयारी भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार करिव सात वटा क्यामेरा फेर्नुपर्ने देखिएकाे र अन्यकाे चेकिङ चलिरहेकाे उहाँको भनाइ छ।