×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चितवन निकुञ्ज घुम्ने पर्यटक बढे,१० करोड बढी आम्दानी


  •   आइतबार, साउन ०८, २०७९
  • चितवन । देशकै उत्कृष्ट एवम् विश्वमा परिचित चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा बृद्धि भएको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र कोरोनाको असर कम हुँदै जाँदा पर्यटक आगामन बढेको हो ।
    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले दिनुभएको गत आर्थिक वर्ष २०७८÷०७९ को तथ्याङ्क अनुसार १ लाख ९० हजार ४५८ जनाले निकुञ्ज घुमेका हुन् । जसमा विदेशी पर्यटक मात्रै १४ हजार ८०८ जना छन् । ८ हजार २८ पुरुष र ६ हजार ७८० जना महिलाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका हुन् । त्यस्तै सार्क मुलुकबाट १९ हजार ९७९ जना पर्यटकले निकुञ्ज घुमेका छन् । १० हजार ८४९ जना पुरुष र ९ हजार १३० जना महिला छन् । त्यस्तै सवैभन्दा धेरै आन्तरिक पर्यटकले विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज घुमेका छन् । तथ्याङ्क अनुसार १ लाख ५५ हजार ६७१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका छन् । जसमा ८० हजार ३९४ पुरुष र ७५ हजार २७७ जना महिला रहेका छन् । १२ महिनामध्ये सवैभन्दा धेरै पर्यटक बैशाख महिनामा आएका छन् । जहाँ आन्तरिक सहित सवै देशका गरेर २५ हजार ३३९ जनाले निकुञ्ज घुमेका छन् भने सवैभन्दा थोरै संख्यामा आएका पर्यटक श्रावणमा रहेको छ । जम्मा १ हजार ९०६ जनाले मात्रै निकुञ्ज घुमेका थिए ।
    कोरोना महामारी पछि थलिएको पर्यटन क्षेत्रलाई माथि उठाउन आन्तरिक पर्यटकले ठूलो भूमिका खेलेका छन् । तथ्याङ्क अनुसार आर्थिक वर्षको सुरुवातमै १ हजार ८४९ आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए जवकी सो समय सार्कका ३७ जना र विदेशी २० जना थिए ।
    त्यसपछिका महिनामा पनि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको देखिन्छ । कोरोनाले घरमै थुनिएर वस्न वाध्य उनीहरु खुकुलो भएसँगै निकुञ्जमा घुमेर रमाउन थालेका थिए।
    यसरी भएको पर्यटक आगमनका कारण निकुञ्जले गत आर्थिक वर्षमा मात्रै पर्यटन शुल्कबाट ७ करोड २९ लाख ४५ हजार ६५० रुपैयाँ आम्दानी गर्न सफल भएको छ । सवैभन्दा धेरै वैशाख महिनामा १ करोड ४१ लाख ९१ हजार आम्दानी गरेको छ। त्यस्तै निकुञ्जले ती पर्यटकले गरेको जीप सफारीबाट २ करोड ७८ लाख ८० हजार आम्दानी गरेको छ । आर्थिक वर्षको सुरु श्रावण र भदौमा शुन्य जीप सफारी रहेको निकुञ्जमा असोजबाट जीप सफारी सुरु भएको थियो । जीप सफारी भएको सुरु महिनामा ९ लाख आम्दानी भएको छ ।
    निकुञ्जमा विश्वमै दुर्लभ एक सिङ्गे गैँडा, बाघ, हात्ती, चितुवा, विभिन्न प्रजातिका चराचुरुङ्गी, गोही, अर्ना लगायतका जनावर हेर्न पाइन्छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.