चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले माेटरसाइकल स्कुटर चाेरी गर्ने दुई जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवन बाट खटिएको टोलीले रत्ननगर ५ बस्ने बर्ष २३ का समिर महतोले चोरी गरी ल्याएको स्कुटरको वास्तविक ईन्जिन र चेसिस नम्बर हटाई अन्य पुरानो स्कुटरको ईन्जिन तथा चेसिस नम्बर जोडी चलाएको अवस्थामा भरतपुर २ बाट प्रदेश ०२-०३-०२३ प ००७९ नम्बर लेखिएको स्कुटर सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएकाे थियाे ।
प्रारम्भिक अनुसन्धान गर्दा उक्त चोरीको स्कुटर बारा निजगढ १ घर भई चितवन कालिका ५ बस्ने बर्ष ३० का धन बहादुर वाईवाले दिएको भनि खुल्न आएको हुँदा प्रहरीले वाईवालाई खोजतलाश गर्दा भरतपुर १० स्थित सडकमा नम्बर नलेखिएको चोरी गरी ल्याएको एनएस माेटरसाइकल सहित फेला परेपछि प्रहरीले समिर महतो र धन बहादुर वाईवालाई पक्राउ गरेकाे हाे ।
चितवन जिल्ला अदालतबाट चोरी मुद्धामा पक्राउ मिति बाटै लागुहुनेगरी म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयाे ।