×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर विमानस्थल विस्तारका लागि एक्सनमा उत्रने


  •   बुधबार, साउन ०४, २०७९
  • चितवन । नेपाल सरकारका संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने बताउनुभयो । भरपतुर विमानस्थल विस्तार नभएर भरतपुरमा १८ सिटे विमानमात्रै आवतजावत गर्ने अवस्थामा आईसकेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।

    Advertisement

    ‘०७५ सालपछि गठन भएको मन्त्रीमण्डलमा म ७ औँ मन्त्री हुँ’उहाँले भन्नुभयो‘ सातलाई लक्की सेभेन पनि भन्ने चलन छ । महानगर प्रमुखले हान्नु पर्छ भन्नुभयो । म फेरि खेलकुद कै मान्छे हुँ । संयोग मिलेको छ । भरतपुर विमानस्थल अब पक्का विस्तार हुन्छ ।’ पर्यटनमन्त्री श्रेष्ठले विमानस्थल विस्तारबारे मन्त्रालयले उच्च प्राथामिकतामा राखेकाले यसका लागि बजेट विनियोजन गरी कामलाई अगाडि बढाउने उहाँको भनाई छ । भरतपुर महानगरपालिका देशको मध्य भागमा भएकाले पनि कम्तीमा पनि १२ देखि १६ घण्टासम्म ७२ सिट क्षमताको ठूलो जाहज ल्याण्ड गराउन मिल्ने गरी विमानस्थल विस्तारको आवश्यकता औल्याउनुभयो ।

    ‘महानगरले भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी सकेको छ’उहाँले भन्नुभयो‘यसका लागि पनि विमानस्थल रात्रीकालिन उडान पनि गर्नु पर्यो । विमानस्थल विस्तारको काम अगाडि बढाउन कुनै बाधा पनि छैन । चितवनबासी यसमा एकजुट हुनु भएकै छ । विस्तारको काममा नेपाली सेनाको पनि पूर्ण साथ छ । कामले अब सार्थकता पाउँछ ।’ कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल चितवन जिल्लाका लागि मात्र होईन, अन्य छिमेकी जिल्लाका बासिन्दाको लागि पनि आवश्यक रहेको बताउनुभयो । मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार गर्ने काममा पर्यटनमन्त्री श्रेष्ठलाई गोल हान्न आग्रह गर्नुभयो ।

    विमानस्थल विस्तार गर्न मापदण्डविपरितका संरचनालाई हटाउन महानगरपालिका तयार रहेको बताउँदै मेयर दाहालले चौविसकोठीबाट पश्चिम जाने बाटो विमानस्थलको तल्लोभाग, अण्डरग्राउण्ड वा नहर हुँदै लान सकिने विचार व्यक्त गर्नुभयो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भरतपुर विमानस्थलको विस्तारमा ढिलाई नहुने स्पष्ट पार्नुभयो । भरतपुर विमानस्थलको दक्षिणतर्फ घरहरु मापदण्ड विपरित निर्माण भएपछि विमान अवतरणमा जोखिम हुँदै आएको छ । देशका धेरै जसो विमानस्थलमा रात्रीकालिन उडान हुँदै आएपनि भरतपुरमा भने धावनमार्गको लम्बाई अपुग भएकाले उडान गर्न सकिएको छैन ।

    अहिले भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई १२ सय मिटर छ । यसलाई थप १ हजार मिटर बढाएर ७२ सिटे विमान र रात्रीकालिन उडान भर्न सकिन्छ । यसका लागि उत्तरतर्फको नेपाली सेनाको घोडा प्रजजन केन्द्र रहेको करिब ३ विगाह जग्गा समेटेर धावन मार्ग बढाएर विमानस्थलको स्तरउन्नती गर्ने गरी महानगरपालिकाले पहल गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.