×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ग्राफिक मार्ग प्रा. लि.काे ओआरबी कार्यक्रम सम्पन्न


  •   आइतबार, साउन ०१, २०७९
  • चितवन । छाेटाे समयमै आफ्नाे व्यवसायिक पहिचान बनाउन सफल भरतपुर ११ बाईपास रोडमा रहेको ग्राफिक मार्ग प्रा. लि.ले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी शीर्षकमा आयोजित कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्दि गर्न उक्त कार्यक्रम गरिएको हो ।

    Advertisement

    कार्यक्रममा सम्बाेधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले युवाहरु विदेशिएर आफ्नो श्रम अर्काको देशमा बेच्नु भन्दा नेपालमै केही गर्नुपर्छ भन्ने आँट र हिम्मत लिएर संस्था स्थापना गरेको सम्झनुभयाे । उहाँले भोक, प्यास, निद्रा, दिन, रात नभनी बामे सर्दै गरेको संस्थालाई हुर्काएर आज यी कार्यक्रम गर्न सक्ने हैसियतमा पुगेको बतमउनुभयाे ।
    कर्मचारीकाे क्षमता समयसापेक्ष परिवर्तीत हुनुपर्ने मान्यता  संस्थाकाे रहेकाे र  कार्यरत कर्मचारीको उल्लेखनीय योगदानले आजकाे सफलतामा पुग्न सकेको बताउनुभयाे। उहाँले कर्मचारीको कार्य क्षमताको आधारमा पदोन्नती, पुर्ननियुक्ती तथा नयाँ कर्मचारीहरुलाई नियुक्ती पत्र उपलब्ध गराउनु भएको थियो । खड्काले कर, भ्याट, र कम्पनी दर्ता प्रकृयाको बारेमा र नेपाल सरकारको आ.व. २०७९/०८० को बजेट वक्तब्यमार्फत करको दायरामा भएको परिवर्तनको बारेमा प्रशिक्षण समेत दिनुभएको थियो ।
    उक्त कार्यक्रममा मिना झाँले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी शिर्षकमा प्रशिक्षण दिनु भएको थियो । कुनेै पनि क्षेत्रमा सफलता प्राप्त गर्नकोलागि धैर्यता, आत्मविश्वास, र योजना सहित अगाडि बढ्नु पर्ने बताउंदै प्रशिक्षिका झाँले व्यवसायमा कुनै समस्या आयो भने छलफलबाट समाधान गर्नुपर्ने र आफू आवद्ध रहेको ब्यवसाय सफल बनाउनको लागि सामुहिक कार्यमा जोड दिनु भएको थियो ।
    त्यसैगरी कम्पनीका सञ्चालक इन्द्र पौडेलले व्यवसाय बृद्धिको लागि क्षमता विकासको आवश्यकता रहेको र आफूसँग सिप भयो भने, जुनसुकै क्षेत्रमा अवसर पाउने बताउनुभयाे।
    सञ्चालक पौडेलले सकारात्मक सोच कसरी बनाउने भन्ने बिषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

    कम्पनीका व्यवस्थापक लक्ष्मी पोख्रेलले आर्थिक वर्ष २०७९/२०८० को बजेट बक्तव्य पेश गर्दै संस्थामा कार्यरत कर्मचारीहरुलाई कामको लक्ष्य तथा जिम्मेवारी प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रम मार्फत २ जना कर्मचारीहरुलाई पद बढुवाको घोषणा गरी थप जिम्मेवारी हस्तान्तरण गर्नुका साथै पदोन्नती भएका कर्मचारीहरुलाई सम्मान गरी प्रशंसा पत्र सहितको मायाको चिनो समेत प्रदान गरिएको थियो । करिब १ वर्षे कार्यकालमा गरेको कामको मुल्याङ्कन, कार्यसम्पादन, जिम्मेवारीतावहन र क्षमताको आधारमा गोमा अर्याललाई सहायक ब्यवस्थापकमा र रेमन खरेललाई कम्पनीको प्रवक्ता पदमा पदोन्नतीको घोषणा गरिएको थिायो ।
    कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मोटिभेषणल स्पिकर, शिक्षिका तथा टे«नर मिना झाँ प्रमुख अतिथि रहनुभएको थियो भने व्यवस्थापक लक्ष्मी पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई कम्पनीका प्रवक्ता रेमन खरेलले सञ्चालन गर्नुभएको थियो ।
    उक्त कार्यक्रममा कम्पनीको मुख्य कार्यालय चितवनमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरु तथा सम्पर्क कार्यालय दाङ, र पोखरामा कार्यरत रहेका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रम मालपोत चोकमा अवस्थित कर्मा रेष्टुरेण्टको सेमिनार हलमा भएको थियो । उतm संस्थामा कार्यरत कर्मचारीहरुले व्यवसाय बृद्धिको लागि सबै कर्मचारीहरु एकजुट भएर लाग्नुपर्ने आसय राखेका थिए । कम्पनी दर्ता देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्नको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वर काठमाडौंबाट अनुमती (License) प्राप्त आधिकारीक सेवा केन्द्र समेत रहेको ग्राफिक मार्ग प्रा. लि.ले कम्पनी दर्ता सहजीकरण, कम्पनीहरु नविकरण तथा अध्यावधिक, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी तथा ठाउँसारी लगायतका कामहरु गर्दै आएको छ । कम्पनीले कर, भ्याट, र लेखा सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथैे ग्राफिक डिजाईन तथा छपाई सम्बन्धि सेवा समेत उपलब्ध गराउदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.