चितवन । चितवन पत्रकार कृष्ण आचार्यमाथि नेपाल विधुत प्राधिकरण चितवनका कर्मचारीले साङघातिक आक्रमण गरेका छन् । नारायणी अनलाइनका पत्रकार आचार्यमाथि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका रक्सी सेवन गरेका कर्मचारीले आक्रमण गरेका हुन् । कार्यालय भित्रै प्राधिकरणका कर्मचारीहरु मदिरा पिएर बसेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकार आचार्यमाथि मदिराले मात्तिएर बसेका कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खाल नाघेर भागी ज्यान जोगाउन सफल भएको सहकर्मी राजु चौधरीले बताउनुभयाे। ‘रिपोर्टिङका लागि जाँदा सहकर्मीमाथि साङघातिक आक्रमण भयो । उहांले पर्खाल नाघेर भागेर ज्यान जोगाउनुभयाे ।’
आचार्य भागेर कार्यालाय नजिकै रहेको चितवन पोस्ट पुगेर ज्यान जोगाएको चौधरीले जानकारी दिनुभयाे । अचार्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । उहांले लगाएको कपडा पनि विद्युतका कर्मचारीहरुले च्यातिदिएको थिए ।’ज्यान जोगाउन भागेर चितवन पोस्ट पुग्नु भयो । कपडा पुरै च्यातिएको । चितवन पोस्टकै साथिहरुले समेत चिन्न सकेनछन् ।
आफ्नो नाम बताएपछि बल्ल चिनेछन्’, चौधरीले भन्नुभयाे । चितवनका पत्रकारहरुले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । आक्रमण गर्ने कर्मचारीहरु फरार छन् ।
घटनाकाे बिषयलाई लिएर पत्रकार सम्बध संघ संस्थाहरुले विराेध जनाएका छन् । नेपाल प्रेस युनियन चितवनले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेकाे छ ।
अध्यक्ष अनिल ढकालले दोषीलाई कारवाही गर्दै स्वतन्त्र प्रेसकाे मर्यादा राख्न माग गर्नुभयाे । उहाँले भन्नुभयाे “पत्रकार माथि कर्मचारीले मादक पदार्थ सेवन गरेर गरिएकाे याे घटना पत्रकारीता माथिकाे आक्रमण हाे । दाेषीलाई कारवाही गरि कानुनी राज्यकाे प्रत्याभूत गराउनु पर्छ ।” यस्ता घटना राज्यपक्षबाट नराेक्किय चरणवद्व आन्दाेलन गर्ने उनले चेतावनी दिनुभयाे ।
त्यस्तै आजनै नेपाल पत्रकार महासंघ चितवन र प्रेस चाैतारी चितवनले पनि विज्ञप्ति नै जारी गरेर दाेषीलाइ कडा कारवाही गर्न माग गरेका छन् । 




