चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा रहेका पूर्व प्रहरी र अमर प्रहरीका परिवारसंग छलफल तथा अन्तरक्रिया गरेकाे छ ।
उहाँहरुकाे समस्या तथा गुनासोहरु सुनुवाई गरी आपसी सद्भाव कायम गर्दै शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय स्तरका समस्या तथा आपराधिक गतिविधी सम्वन्धमा सुचना प्राप्त गर्न समेत मद्दत मिल्ने उदेश्यका साथ कार्यालय चितवनको आयोजनामा कार्यालयकै प्राङगणमा कार्यक्रम भएकाे हाे ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीको आतिथ्यतामा चितवन जिल्ला स्थित पूर्व प्रहरी संगठनका अध्यक्ष तथा सदस्यहरु, अमर प्रहरी परिवारका अध्यक्ष तथा अमर प्रहरी परिवारकाअन्य सदस्यहरु, अन्य पूर्व प्रहरी कर्मचारीहरु गरि करिव १०० जना र जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा हालको प्रहरी कर्मचारीको व्यवहारको अवस्था, पूर्व प्रहरी कर्मचारीहरु र अमर प्रहरी परिवारको अपेक्षा, जिल्लाको शान्ति सुरक्षा र आपराधिक गतिविधीको अवस्था र सुधार गर्नु पर्ने कुराहरुको सम्वन्धमा अन्तरकृया केन्द्रीत थियाे।
अन्तरकृयाको क्रममा उठेका गुनासोहरुको सम्वन्धमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले सम्बोधन गर्दै कार्यक्रम समापन पश्चात् केही क्षण मनोरंजनात्मक कार्यक्रम समेत गरिएको थियाे ।