चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गाइ गाेरुकाे मासु सहित तीन जनालाई पक्राउ गरेकाे छ ।
प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको टोलिले चेकजाँच गर्दा मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ह ३९६९ नम्बरको अटोमा खुट्टा सहित मासु फेला परेकाे हाे ।
प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको गोरु, गाईको जस्तो देखिने मासु (मांस), खुट्टा सहित फेला परेपछि प्रहरीले धादिङ रुवी भ्याली गाउँपालिका ५ बस्ने बर्ष २८ का शंकर तामाङ, अटोमा सवार चितवन भरतपुरमहानगर १० बस्ने बर्ष ४५ का प्रतिक ठकुरी र कास्की पोखरा ११ बस्ने बर्ष ३५ का होम घिमिरेलाइ नियन्त्रणमा लिएकाे हाे । चितवन प्रहरीका अनुसार उनीहरु विरुद्ध पशुपन्छि सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएकाे छ।
Advertisement