मकवानपुर । मकवानपुर जिल्लाकाे हेटाैंडा उपमहानगरपालिका १६ हटियाबाट लागूऔषध सहित तीन जना व्यक्ति पक्राउ परेकन छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेक बहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोष्ट हटिया, मकवानपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान चतारा सडक खण्डमा शंकास्पद रुपमा चिसापानी चोक तर्फबाट हर्नामाडी पैदल हिडीरहेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका १६ चिसापानी बस्ने वर्ष ३४ का विकराज वि.क.लाइ चेकजाँच गर्दा उनले लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोईन जस्तो देखीने खैरो धुलो पदार्थ ४० मिली ग्राम फेला परेको हाे ।
पक्राउ परेका उनीमाथि हुदाँ उक्त थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले बताउनुभयाे ।
त्यस्तै प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले वडा नम्बर १० मित्र मार्ग स्थित सडकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा वर्ष ३७ का रन्जित आले मगरलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोईन जस्तो देखीने खैरो धुलो पदार्थ ४० मिली ग्राम फेला परेको र थप अनुसन्धान भईरहेको छ ।
त्यस्तै प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलिले वडा नं. १० बसपार्क स्थित सडकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा वडा नम्बर २ बस्ने वर्ष ४८ को उज्वलकृष्ण मानन्धरलाई चेकजाँच गर्ने क्रममा लागू औषध खैरो हेरोईन जस्तो देखीने १०० मिली ग्राम खैरो धुलो पदार्थ फेला परेको र नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिनुभयाे ।