चितवन । चितवनमा बसले किचेर साेही बसका सह चालककाे मृत्युु भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बसका चालकले मर्मत गरिरहेकाे बस चलाएपछि बसमुनि भएका सहचालकलाइ किच्न पुगेकाे थियाे ।
प्रहरीका अनुसार विहान आठ बजेतिर भरतपुर २५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस बिग्रीएकाे र उक्त बसको चालक र सह-चालकले बस मर्मत गरि रहेको अबस्थामा बस चालकले बस स्टार्ट गरि अगाडी बढाउने क्रममा बसको मुनि रहेका सोही बसको सह-चालक जिल्ला चितवन भरतपुर २४ बस्ने बर्ष २१ का सुरज नेपालीलाई अचानक बसले किचेकाे हाे ।
गम्भिर घाईते नेपालीकाे नयां मेडिकल कलेज भरतपुरमा उपचारको लागि ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
Advertisement
बस र बस चालक भरतपुर २७ बस्ने बर्ष ४२ का राज कुमार गुरुङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।