चितवन । आसन्न नेपाल प्रेस युनियनकाे चुनावका लागि दिपक आचार्यले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रेस युनियन चितवनको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हाे।युनियनको नवौं महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा हुँदैछ ।
आचार्य वर्तमान कार्यसमितिकाे वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। उम्मेदवारी घोषणा गर्दै आचार्यले पत्रकारहरुको हक हितको मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै मिडिया र पत्रकारहरुलाई बचाई राख्न बिभिन्न किसिमका तालिम, गोष्ठी, पत्रकारलाई पेन्सन, बीमा, मिडियालाई विज्ञापन जस्ता सुविधाका लागि काम गर्न आफू अध्यक्षमा उठेकाे बतायनुभयाे ।
युनियनको आसन्न निर्वाचन, मिडियामैत्री कानुन र पत्रकारहरुको हक हितको मुद्दामा केन्द्रित रहने समेत उहाँको भनाइ छ।
उमेदवारी घोषणा सभामा यूनियनका केन्द्रीय सदस्य बसन्त पराजुली र चितवन शाखा अध्यक्ष अनिल ढकालले आचार्यलाई जिताउन सबै जिल्ला शाखा र मतदाताहरुलाई संस्थागत पहल गरिने बताउनुभयाे ।
युनियनको चितवनले शाखाले पनि आचार्यलाई केन्द्रीय अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संघ, मिडिया सेन्टरलगायतका आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।