चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राजमार्गमा डांका गरी फरार भएका एक प्रतिवादीलाइ पक्राउ गरेकाे छ ।
कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका १७ मोतीपुर बस्ने बर्ष २८ का सजिव ढुङगेललाई असार २५ गते चितवन खैरहनी नगरपालिका ६ बाट पक्राउ गरिएको हाे ।
२०७९ वैशाख १४ गतेका दिन बीरगंजबाट पोखरा जाने आएको लत्ताकपडा लगायतको धनमाल लोड गरी आएको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरकाे ट्रकहरुलाई नियन्त्रणमा लिई बिहान ८ बजेर ४०मिनेटतिर मुख्य राजमार्ग सडकबाट करिव २ किलोमोटर भित्र रहेको राप्ती नगरपालिका १ नयाँबस्ती स्थित जङगल छेउकाे भित्री गाउँमा पुर्या ई उक्त ट्रकहरुमा भएको जम्मा विगो रु.४७ लाख ५१ हजार ३५४ बराबरको लत्ताकपडा र अन्य सरसामानहरु ट्रकबाट निकाली डाँका गरी दुई वटा योद्दा गाडीमा लोड गरेर चाेरेका थिए ।
रत्ननगर १४ लौरीघोलमा पुर्याई लुकाएको घटनामा उनी संलग्न रही फरार भएका थिए ।
सजिव ढुङगेल संलग्न रहेको उक्त डाँका मुद्दा यस अघिनै चितवन जिल्ला अदालतमा दायर भइसकेको छ ।
ढुङगेलको नाउँमा अदालतबाट वारेन्ट, म्याद जारी भएकोले असार २७ गते अदालत खुलेका दिन पेस गरिने चितवन प्रहरीले जनाएको छ ।