मकवानपुर । लागूऔषध सहित मकवानपुरमा एक जना मानिस पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुर हेटौडा उप-महानगरपालिका ४ हुप्रचौरका २० वर्षका प्रबिन सुनार पक्राउ परेका हुन् ।
Advertisement
शंकास्पद अबस्थामा बसिरहेकाे सुचना पाएपछि चेकजांच गर्ने क्रममा उनकाे साथबाट लागु औषध डाईजेपाम ४ एम्पुल फेला परेको र थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटाैंडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयाे ।