×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जापानका पुर्व प्रधानमन्त्री आबेकाे गाेली हानी हत्या


  •   शुक्रबार, असार २४, २०७९
  • जापान । जापानका पूर्व प्रधानमन्त्री आबे शिन्जोको गाेली हानी हत्या गरिएको छ । आज विहान जापानको नारा शहरमा चुनावी भाषण गर्दैगरेका आबेमाथि भाषण सुनिरहेका एक पुरुषले गाेली हानेका हुन् ।

    Advertisement

    तीन बर्ष जापानको समुद्री आत्मरक्षा बलमा काम गरेका ४१ बर्षिय यामागामी तेत्सुयाले जुलाई ८ तारिख बिहान ११ बजेर ३२ मिनेटमा आबेमाथि नजिकैबाट गोली प्रहार गरेकाे बताइएको छ।

    घरेलु रुपमा निर्मित ठानिएको पेस्तोलबाट आवेकाे घाँटी र छातिमा दुई वटा गोली प्रहार भएको थियो । गोली प्रहारबाट ढलेका आबेलाइ अचेत अवस्थामा एम्बुलेन्समा ल्याएर टाेकियाेमा उपचार गरिएको थियाे । तर सांझ पांच बजेतिर आबेकाे निधन  भएकाे बताइएकाे थियाे ।
    जापानको रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार तेत्सुया सन् २००५ सम्म तीन वर्ष जापानको समुद्री आत्मरक्षा बलमा कार्यरत थिए ।

    अभियुक्तलाई आवेको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले घटनास्थलबाटै नियन्त्रणमा लिएका थिए । प्रहरी अधिकारीहरूका अनुसार उनले अनुसन्धानमा आफू पूर्वप्रधानमन्त्री आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्ने उद्देश्य रहेको बयान दिएका थिए ।

    आबे जापानी जनतामा रुचाइएका प्रधानमन्त्रीमा पर्छन् ।
    सन् १९५४ सेप्टेम्बर २१ मा जन्मिएका आवे ६७ बर्षका थिए । आवे जापानको इतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति समेत  हुन् । उनले कुल २८ सय ८६ दिन जापानको प्रधानमन्त्री कार्यालय सम्हालेका थिए ।

    पहिलो पटक सन् २००६ देखि २००७ र दोस्रो पटक सन् २०१२ देखि २०२० सम्म आवे जापानको प्रधानमन्त्री रहेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.