हेडाैंटा । मकवानपुरमा प्रहरीले ६ किलाे गांजा र एउटा माेटरसाइकल सहित एक व्यक्तिलाइ पक्राउ गरेकाे छ ।
लागु औषध गाँजा ६ किलो र मोटरसाइकल सहित १ जना मानिसलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटाैडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका २ भैसे चेक पोष्ट अगाडी सडकमा बा २९ प ३०४४ नम्बरकाे मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक जिल्ला मकवानपुर कैलाश गाउपालिका ४ झ्याङगे बस्ने बर्ष २४ का बिजय लामा भनिने मान बहादुर माेक्तान पक्राउ परेका हुन् ।
Advertisement
उनले माेटरसाइकल पछाडि जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध गाँजा ६ किलो फेला परेकाे र पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेकाे डिएसपी कार्कीले बताउनुभयाे ।