×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

‘बोस्टन फिएस्टा’ को तेस्रो संस्करण हुने


  •   बिहिबार, असार २३, २०७९
  • चितवन  । भरतपुरस्थित बोस्टन इन्टरनेशल कलेजले ‘बोस्टन फिएस्टा’ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । फिएस्टाको तेस्रो संस्करण यही असार ३० र ३१ गते हुने आज (बिहीबार) कलेजमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । बोस्टन फिएस्टाको पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

    Advertisement

    यस अघि सन् २०१८ मा पहिलो र २०१९ मा दोस्रो संस्करण आयोजना भएको थियो । कोरोना भाईरस महामारीका कारण यस अघि नै हुन पर्ने तेस्रो संस्कण यस वर्ष आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुभास अर्यालले जानकारी दिए । स्तानक र स्नाकोत्तर स्तरका विद्यार्थीहरुले आयोजना गर्ने फिएस्टामा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुतीसँगै व्यवसायिक स्टलहरु पनि रहने अर्यालले बताए । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई प्राथमिकता दिँदै व्यवसायिक स्टल राखिने उनले जानकारी दिए ।

    विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउनुका साथै आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नका लागि कलेजले फिएस्टा आयोजना गर्दै आएको छ । उनका अनुसार कार्यक्रममा १५ वटा स्टल रहनेछ । ति मध्य कलेजका विद्यार्थीहरुको आठ वटा फुड स्टल रहनेछन् । यस्तै अन्य व्यवसायीहरुका लागि पाँच वटा स्टल छुट्टाईएको छ । ट्राफिक सचेनतामुलक सन्देशसहित जिल्ला ट्राफिक कार्यालयका लागि तीन वटा स्टल छुट्टाईएको अर्यालले बताए ।

    उनका अनुसार ‘एन्टी स्मोकिङ क्याम्प’ का लागि र सचेतनामुलक कार्यक्रमका लागि महानगरलाई एक-एक वटा स्टल उपलब्ध गराइनेछ । पहिलो दिन नै सुरज शाक्य र अभिषेक बरियाले व्यत्तित्व बिकास सम्बन्धी प्रशिक्षण पनि दिनेछन् । पहिलो दिन नै दश जोड २ मा अध्ययनरत विद्यार्थीहरुबीच नृत्य प्रतियोगिता हुनेछ भने विद्यार्थीहरुको गायन प्रस्तुती पनि रहनेछ । यस्तै विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक भेषभुषामा र्‍याम्प वाक गर्नेछन् । कार्यक्रमको दोस्रो दिन अहिलेकी चर्चित गायिका रचना रिमालको बिशेष प्रस्तुती रहनेछ ।

    यस्तै स्ट्याण्ड अप कमेडियन आदर्श मिश्रसहितको ‘टेबल मुनी’ को टिमका साथै स्थानीय ब्याण्ड र डिजेको पनि प्रस्तुती रहनेछ । कार्यक्रमको प्रचार प्रसारका लागि नारायणी नदी किनार, सौराहा र गैंडाचोक र पर्साचोकमा फ्लास मोवको आयोजना गरिनेछ । कलेज परिसरमा नै हुने कार्यक्रम अन्य दर्शकले पनि अवलोकन गर्न पाउनेछन् ।

    जसका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको कलेजले जनाएको छ । टिकटबाट उठेको रकम सामाजिक कार्यका लागि सहयोग गर्ने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.