चितवन । भरतपुर अस्पतालमा शिशु फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार करिव दिउसाे सांढे २ बजेतिर भरतपुर अस्पतालको सी ब्लकको भर्याङ मुनी १/२ दिनको जस्तो देखिने शिसु (बच्ची) फेला परेको हाे । अहिले बच्चीको सोही अस्पतालको एनआइसीयूमा राखी उपचार भई रहेको प्रहरीले जानकारी दिएकाे छ।
शिशुकाे अबस्था सामान्य रहेको र कसले शिशु छाडी गएको भन्ने खुल्न नसकेको र अन्य अनुसन्धान कार्य भई रहेको चितवन प्रहरीले जानकारी दिएकाे छ ।
Advertisement