चितवन । चितवनमा चट्याङले गर्दा १४ जना घाइते भएका छन् । कालिका ८ मझुवा स्थित कमला वि.क. को रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु जन्तरी प्रजाको घरमा आई ओत लागि बसिरहेका थिए ।
Advertisement
हुरिबतास पानी संगै आएको चट्याङको तरङ्ग लागि उनीहरु घाइते भएकाे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कालिका ८ बस्ने वर्ष २१ की रोजिना श्रेष्ठ, वर्ष २० की रोशी श्रेष्ठ, वर्ष ३८ कि दिलकुमारी अधिकारी,वर्ष २५ कि सुस्मिता श्रेष्ठ, वर्ष २१ कि राधिका मिजार,वर्ष १८ सिमा सुनार, वर्ष २३ कि कमला वि.क. ,वर्ष २५ कि संगिता सुनार,वर्ष ३० कि अनिता तामाङ, वर्ष ४३ कि अनु श्रेष्ठ,वर्ष ३५ कि कमला कामी,वर्ष २० कि लक्ष्मी मिजार, वर्ष ४५ कि चिनामांया सुनार र वर्ष १८ कि देवी बि.क. रहेका छन् ।