चितवन । चितवनमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
असार २१ गते राप्ती ६ पुरवारी ईलाकामा लागु औषध कारोवार भइरहेको सुचना पाएको प्रहरीले खैरहनी १० वस्ने वर्ष-२१ को निश्चल पौडेल र वर्ष-२३ को शिव राई लाई लागू औषध बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ।
Advertisement
निश्चल राईले साथमा बोकी हिँडेको रातो सपिङ व्यागमा प्रतिबन्धित लागु औषध डाईजेपाम २४ एम्पुल,फेनार्गन २४ एम्पुल र व्युप्रिन्युफिन २४ एम्पुल फेला पारी ऊक्त लागू औषध खरिद गर्ने दुबै जनालाई पक्राउ गरी पक्राउ मिति देखि लागुहुने गरि चितवन जिल्ला अदालतबाट असार २२ गते म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको चितवन प्रहरीले जनाएको छ ।