चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले फरार रहेका एक व्यक्तिलाइ पक्राउ गरेकाे छ ।
विभिन्न घटनाहरुमा संलग्न रहेका खैरहनी नगरपालिका ८ बस्ने वर्ष २५ का अजय तामाङलाइ पक्राउ गरेकाे हाे ।
चितवन जिल्ला अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीहरु खोजतलास गर्ने क्रममा चोरी, लागु औषध मुद्दामा दोषी ठहर भई रु. १० हजार जरिवाना तोकिए पश्चात फरार रहेका उनलाई २२ गते १२ वजेको समयमा पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाईएको चितवन प्रहरीले जानकारी दिएकाे छ ।
Advertisement



