×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नारायणी नदी किनारमा जारी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न


  •   बुधबार, असार २२, २०७९
  • चितवन । चितवनमा जल उद्वारको कृत्रिम अभ्यास गरिएको छ। बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा ससस्त्र प्रहरीबल नेपाल न. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरकाे सयाेंजनमा सयुंक्त जल उद्वार अभ्यास साहस कार्यक्रम गरिएकाे हाे।

    Advertisement

    कार्यक्रममा डुबान कार्यमा प्रयोग हुने ओबीएम तथा रबरको डु‌गाबाट गहिरो पानीमा डुबेकाहरुको उद्धार कसरी गर्ने, तुईनकाे सहायताले प्रहरीले मानिसको कसरी उद्वार गर्छन् र उद्वार पश्चात् पहिलाे प्राथमिक उपचार कसरी हुन्छ भनेर देखाइएको थियो।

    मकवानपुर धादिङ र चितवनकाे डुबानयुक्त्त क्षेत्रहरु डुबानको समयमा गरिने खोज तथा उद्वारको कार्य र अन्य समयमा पनि नदिमा डुबानमा परेकाहरुलाई कसरी उद्वार गरिन्छ भन्ने विषयलाई लक्षित गरेर अभ्यास गरिएको कार्यक्रम असार २० गतेदेखि सुरु गरिएको र सो अभ्यास आज २३ गते सम्पन्न गरिएकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे सचिव नारायण प्रसाद शर्माले बताए। चितवनकाे नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको सयुंक्त विपद् व्यवस्थापन टाेलि सहितको याे उद्धारको अभ्यासले भविष्यमा हुन सक्ने कुनै पनि जल विपदमा सहजताका साथ सुरक्षा संगठनहरु बिच उच्च स्तरको समन्वयसहित श्राेत साधनको खोज तथा उद्धार गरी जनतामाझ जनधनको सुरक्षाका प्रत्याभूती दिलाउन मद्दत गरेकाे उहाँले बताउनुभएको छ।

    आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बागमत्ति प्रदेशका १३ जिल्लामा हुन सक्ने कुनै पनि विपद्का विषयमा प्रदेश सरकार गम्भिर भएको बताउनुभएको छ। उहाँले विपद् मा हुने जनधनको क्षतिलाई रोक्न नसकेपनि क्षति न्यूनिकरण र मानव जिबनको सुरक्षालाई विपद्‌मा कुनै पनि प्रकारको हानी नोक्सानी नहोस भन्ने उद्देश्यका साथ यस्ता किसिमका विपद् सम्बन्धी अभ्यासहरुले महत्त्वपूर्ण भुमिका खेल्ने बताए। विपद् व्यवस्थापन गर्न सक्षम र विपद्को समयमा कतिपनि बिचलित नभई सुरक्षा निकायहरु सिमित श्रोत साधनको बाबजुत पनि मानव जिवनको सुरक्षामा अहोरात्र खटिएकाे बताउदै उहाँले सुरक्षा निकायलाई आवश्यक परेकाे बेला आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदैव साथ दिने बताउनुभयाे ।

    ससस्त्र प्रहरीबल नेपाल न. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका वाहिनीपति ससस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले विशेष तालीम प्राप्त टोलिबाट मात्र जल उद्वार अभ्यास गरिएकाे र जल उद्वार कार्य कठिन भएकाे बताए। उहाँले पानिकाे बहाव बाहिर बाट देखे जस्तो नहुने बताउदै वर्षायाम रहेकाेले सबैलाई सजग रहन र यस्तो समयमा बाढी पहिराे लगायतका जाेखिमहरु बढ्ने भएकाले सुरक्षित रहनुकाे साथै विपद् आएमा नजिककाे सुरक्षा निकायलाई खबर गर्न आग्रह समेत गर्नुभएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.