बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले ठूलाे परिमाणमा लागूऔषध बरामद गर्न सफल भएकाे छ । यात्रुबाहक बसमा लागूऔषध फेला पारेकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार बुटवलबाट बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसमा लागू औषधको ओसारपसार भएको भन्ने विशेष सुराकिको आधारमा बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा गई बस चेकजाँच गर्ने क्रममा बसको यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडी भिर्ने झोलामा कागज र खैरो रङको प्लाष्टिक टेपले बेरिरहेको अवस्थामा फेनार्गन ९०५ एम्पुल, डाईजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी एकमुष्ट २७४६ एम्पुल लागू औषध फेला परेको रानाले जानकारी दिनुभयाे ।
अनुसन्धानको लागि प्रहरीले जिल्ला पाल्पा साविक मदनपोखरा गा.वि.स. ७ स्थायी घरभएका बर्ष ४५ का कृष्ण प्रसाद पुरी, जिल्ला गुल्मी मुसिकोटनगरपालिका ५ स्थायी घर भएका बर्ष ३८ का सुरथ बहादुर घिमिरे , जिल्ला रुपन्देहि देवदह नगरपालिका ६ स्थायी वतनका बर्ष ३३ लोक बहादुर थापा र जिल्ला दाङ लमहि नगरपालिका ७ स्थायी घरभएका बर्ष २५ का शोसन चौधरीलाई पक्राउ गरेकाे हाे ।
बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक २० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी रानाले जानकारी दिनुभयाे ।